बैशाख २१ काठमाडौ – थ्रेड कलपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल त्रास पुर्ण र बन्द गरिएको आन्तरिक उडान सुचारु गरिएको छ।

बुधबार बिहान त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल अफिसर (टीडीओ) बस्ने कार्यालयमा ९ बजेदेखि १० बजेकाे बिचमा दुईपटक फाेन गरेर विमानस्थलमा तिनवटा बम रहेकाे र ती बम दुई घण्टा भित्रमा बिस्फोट हुने भन्दै कल आएपछि बाक्लो रुपमा सुरक्षाकर्मी परिचान गरि आन्तरिक उडानका लागि पर्खेका सबै यात्रुहरुलाई निकालेर विमानस्थलको पार्किङमा राखि आन्तरिक उडान बन्द गरिएको थियाे ।

नेपाल प्रहरीकाे केन्द्रीय ब्युरोका अनुसार उक्त नम्बर पाकिस्तानकाे देखाएकाे छ। यद्यपि पाकिस्तानकै हाे वा हाेइन भन्ने अझै अनुसन्धान पछि एकिन हुने बताएको। यस्ताे गतिविधि गर्ने गिराेह नै हुने हुदन उनिहरुले विभिन्न एप्सहरु प्रयाेग गर्ने र उक्त एप्सबाट कल गर्दा नम्बर अरु देशकाे देखाउने हुदा नेपालबाट पनि उक्त कल भएको हुन सक्ने हुदा अहिले नै पाकिस्तानकै भन्न नसकिने र अनुसन्धानकाे लागि ब्युरोले टाेली खटाइसकेकाे ब्युराेले जनाएको छ।

प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार