बैशाख ३ बाँके – सडक दुर्घटनामा परि एक जनाकाे मृत्यु भएको छ।

शनिबार दिउँसो कोहलपुर नगरपालिका–२ स्थित रत्न राजमार्गमा पर्ने सालको बुटानजिक ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक माेटरसाइकल चालककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

भे२त ९३९ नम्बरको ट्र्याक्टरले भे७प ५४४६ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्न खाेज्दा दुर्घटना भएपछि माेटरसाइकल चालक बैजनाथ गाउँपालिका–४ निवासी ४० वर्षीय रेशम डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

दुर्घटनामा परि माेटरसाइकलकाे पछाडि सवार सोही ठाउँकै ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएकाे उनकाे शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ भने ठक्कर दिने ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार