फागुन २७ माेरङ – ठुलो परिणामको लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन।
मोरङको केरावारी गाँउपालिका-७ मुगुटोलबाट ठुलो परिणामको लागुऔषध गाँजा सहित सहिदभुमी गाँउपालिका-१ का ३१ वर्षीय दिपेश राईलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।
केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख जनार्दन जिसीले बताए ।
गाँजा बरामद भएसंगै उक्त मोटरसाईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलवारीले अनुसन्धान गरिरहेकाे पनि प्रहरी उपरीक्षक जिसीले बताए।