फागुन ४ दाङ – लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ ।
मंगलबार साेहि क्रममा राेल्पाका किबी व्यवसायी इन्द्रबहादुर खत्रीलाई “प्रदेश रत्न पदक `ग´” बाट विभुषित गरेकाे छ। किबी व्यवसायी खत्रीलाई उद्यमशिलता प्रवर्द्धन र कृषि क्षेत्रमा उल्लेखनीय याेगदान गरेकाे भन्दै प्रदेश प्रमुख अमिक शेरचनले पदक प्रमाणपत्र हस्तान्तरण गर्दै विभुषित गरेका हुन।
खत्रीले राेल्पाकाे गंगादेव गाउँपालिका -३ चामीमा किबी फलफूल नर्सरी फर्म संचालन गरेका छन। याे वर्ष मात्रै खत्रीले ४० क्विन्टल बढी किबी उत्पादन गरेकाे बताएका छन। उनकाे उक्त फर्ममा फल दिने १ हजार बढी बिरुवा भएकाेमा गत वर्षादकाे समयमा पहिराेले करिब २ सय बिरुवा बगाएपछि अहिले करिब ८ सय बिरुवा बाँकी रहेकाे अझै राेप्ने तयारीमा रहेकाे खत्री बताउँछन।
किबीकाे बजार मूल्य फुटकरमा प्रति किलाे रु २ सय देखि ३०० र हाेलसेलमा रु १०० का दरले बिक्री गर्दै आएकाे र याे वर्ष उत्पादित सबै किबी एकैसाथ काठमाडौमा पठाएको खत्रीले बताए। बजार व्यवस्थापनकाे लागि कुनै समस्या नरहेको समेत व्यवसायी खत्रीको भनाइ छ।
खत्रीले उक्त फर्म मै किबीका नर्सरी पनि उत्पादन गरेर विभिन्न सरकारी तथा व्यक्तिगत फर्महरुलाई पनि बिक्री वितरण गर्दै आएका छन।
२०५२ सालमा भारतबाट किबीका बिरुवा ल्याएर राेपेका खत्रीले व्यवसायीक रुपमा फर्म संचालन २०७३ बाट गरेका हुन। उक्त क्षेत्रका लागि याे व्यवसाय नयाँ हाे अहिले पछिल्लो समय भने याे व्यवसाय तिर सबैकाे ध्यान जान थालेकाे छ।
