माघ २० दाङ – तास खेलिरहेकाे अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेकाे छ।
शान्तिनगर गाउँपालिका-५ बैशा बस्ने निराजन मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-७ बस्ने ३२ वर्षीय वीर बहादुर रावत लगायत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मल्लकाे घरमा पहिले देखि नै हारजित हुने गरि नगदमा दैनिकजसाे समुहमा भएर जुवा खेल्ने गरेकाे गाेप्य सुचनाकाे आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।
उनिहरुलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले थप अनुसन्धान गरिरहेको पनि प्रहरी उपरीक्षक काफ्लेले बताए।