माघ १५ बुटवल – नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेस पार्टीमा अहिले आमूल परिवर्तनको खाचो रहेको बताएका छन।

नेपाली कांग्रेस देवदह नगर समिति रुपन्देहीद्वारा आयोजित भेटघाट कार्यक्रममा सभापति पुनले अब विगतको तरिकाले पार्टी चल्न नसक्ने भएकाले परिवर्तनको खाचो रहेको बताए । पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य समेत रहेका पुनले कांग्रेसलाई जनमुखी र समय अनुकूल बनाउन पार्टीका नेता तथा कार्यकर्ताको आचरण पनि परिवर्तन गर्नुपर्ने समय आएको समेत जाेड दिए।

संविधान अनुसार १४ औं महाधिवेशनबाट प्रदेश समितीहरू निर्माण भइ सकेको बताउदै प्रदेश समितिलाई प्रभावकारी र बलियो बनाउनु पर्ने धारणा राख्दै महाधिवेशन ताका भएका सम्पूर्ण तिक्तताको अन्त्य गर्दै एकताका साथ अगाडि बढ्न पनि समे सबैलाई अपिल गरेका छन।

भेटघाट कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य प्रकाश राना, नेपाली कांग्रेस नेता युवराज गिरी लगायतका नेता तथा शुभेच्छुकहरूको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार