पुस २६ काठमाडौं – बिरामी परेकि बालिकालाई अन्धविश्वासकै भरमा झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएपछि प्रहरीले मातालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने झारफुक काम बाट नै माता नामले परिचित ४८ वर्षीया उमा शाही ठाकुरी रहेकि छन।

माता ठकुरीले सिन्धुपाल्चोक घर भएकी भक्तपुर ठिमी काेठा भाडामा बस्ने १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्दै आएकाे र बालिका शनिबार बिहान बेहाेस भएपछि उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगे लगत्तै अस्पतालले मृत घाेषणा गरेकाे थियाे।

बालिकाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बालिकालाई उनकै आमाले २२ दिन पहिले उपचारका लागि उक्त घरमा ल्याएकाे अनुसन्धानबाट खुलेकाे छ।

ठकुरी उपर कर्तव्य ज्यान कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंलाई उदृध गर्दै प्रहरी प्रधान कार्यालय बताएको छ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार