असोज १०, सल्यान – नेपाली काँग्रेसको १५औँ महाधिवेशनका लागि दिपेन्द्र कुमार खत्रीले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।

खत्री विगत ३० वर्षदेखि नेपाली काँग्रेसमा सक्रिय रहँदै आएका छन्। उनले नेपाली काँग्रेसको १२औँ महाधिवेशनदेखि लगातार महाधिवेशन तथा महासमिति प्रतिनिधिका रूपमा नेतृत्व गर्दै आएको बताइएको छ।
त्यस्तै, उनी तुल्सीपुर उद्योग वाणिज्य संघको दुई पटक अध्यक्ष समेत भइसकेका छन्। नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताका रूपमा स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उनका समर्थकहरूको भनाइ छ।


१५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार खत्रीलाई समर्थकहरूले अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार