असोज १०, सल्यान — नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत समानुपातिक दलिततर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि ३५ वर्षमुनिका युवा नेता रेशम विकले उम्मेदवारी दिएका छन्।

सरल स्वभाव, जिल्लामा चिरपरिचित र जनताको मन–मुटुमा बस्न सफल युवा नेताका रूपमा विकले आफ्नो राजनीतिक तथा सामाजिक सक्रियतालाई निरन्तरता दिँदै आएका छन्। उनी बागचौर नगरपालिकाका वर्तमान कार्यपालिका सदस्यसमेत हुन्।

बागचौर नगरपालिकाको विकास र समृद्धिका लागि प्रतिबद्ध विकले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवा सहभागिता, समावेशी नेतृत्व र दलित समुदायको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कांग्रेसभित्र पहुँच र संगठनात्मक अनुभव भएका विकलाई जिल्लामा लोकप्रिय व्यक्तित्वका रूपमा समेत लिइन्छ। अनुभवी नेतृत्व, लोकप्रिय व्यक्तित्व र परिवर्तनको आधारलाई आफ्नो अभियानको मुख्य सन्देश बनाउँदै उनले महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि सारेका छन्।

विकले नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूसँग अमूल्य मत प्रदान गरी आफूलाई विजयी बनाउन अपिल गरेका

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार