काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाका नाममा ठगी गर्ने कन्सलटेन्सीविरुद्ध व्यापक कारबाही गर्दै एकैपटक ६९ जना सञ्चालकलाई पक्राउ गरेको छ।


विदेश पठाइदिने भन्दै विद्यार्थी तथा अभिभावकबाट ठगी गरेको उजुरीपछि शुक्रबार विभिन्न स्थानमा प्रहरी टोली खटाइएको थियो। प्रहरीले ९५ वटा कन्सलटेन्सीमा अनुगमन तथा छापा मार्ने क्रममा ६९ वटा कन्सलटेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।


प्रहरीका अनुसार ती कन्सलटेन्सीहरूले आवश्यक प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी तथा इजाजतबिनै शैक्षिक परामर्श सेवा सञ्चालन गर्दै आएका थिए। केही संस्थाले भाषा कक्षा, पूर्वतयारी कक्षा र विदेश अध्ययनसम्बन्धी सेवा पनि गैरकानुनी रूपमा सञ्चालन गरेको पाइएको छ।


पक्राउ परेकामाथि ठगी तथा सम्बन्धित कानुनी प्रावधानअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार