दाङमा १४ वर्षिया बालिकालाई बलात्कार गरेको आराेपमा एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा सल्यानकाे कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगर छन। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार