माइण्ड प्लस र शब्दसरोवरको आयोजनामा ‘क्यालेन्डरमा साहित्यकार २०८३’ राष्ट्रियस्तरको अभियानमा काठमाडौँपछि रोल्पाले दोस्रो स्थानमा हासिल गरेको छ।

राेल्पाबाट समेटिएका मध्ये एकै परिवारका ४ जना सम्म छन। स्व. खडानन्द सुवेदी, नारायण सुवेदी, खेमराज शर्मा, अमर अधिकारी, रमेश सुवेदी, दामु मर्सिफुल, कविता उपाध्याय, अर्चितबाबु मर्सिफुल, डिबी टुहुरो र सन्तोष हरदम छन। यी मध्ये रमेश, दामु, कविता,अर्चित एकै परिवारका हुन।

क्यालेण्डरमा सर्वाधिक काठमाडौँका २० जना साहित्यकारहरु समेटिएका छन् भने दोस्रोमा रोल्पाका १० जना साहित्यकारहरु समेटिएका छन्। २०८३ बैशाख ११ गते सार्वजनिक गरिएको उक्त क्यालेन्डरमा मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म र २० वर्ष उमेरका देखि ८२ वर्ष उमेरसम्मका स्रष्टाहरुको छोटो विवरण उल्लेख छ।

क्यालेन्डरमा देशभरका १२३ जना साहित्यकारहरु समेटिएका छन्। यस पटक नसमेटिएकाहरुलाई क्रमशः आगामी वर्षहरुदेखि समेटिदै जाने पनि बताइएको छ। क्यालेन्डरमा वर्णानुक्रम अनुसार विवरण रहेकोले विवादरहित बनेको यस कार्यलाई ऐतिहासिक पनि मानिएको छ। क्यालेन्डर सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि डा. शैलेन्दु प्रकाश नेपालले नेपालको साहित्यिक क्षेत्रमा यो अभियानले थप उर्जा दिने बताए।

कार्यक्रमका सभाध्यक्ष अमर अधिकारी कीर्तिमानी चाहे थोरै पृष्ठको किन नहोस् कम्तिमा उउटा कृति प्रकाशन गर्नाले सर्जकलाई हेर्ने दृष्टिकोण नै फरक पर्ने कुरा बताए। कार्यक्रमका अतिथिहरु महेन्द्र चालिसे, ललिता दोषीले पनि उक्त अभियानलाई साहित्यको क्षेत्रमा एक उदाहरणीय कार्य र सकारात्मक विषय भएको बताए। ओझेलमा परेका कतिपय स्रष्टाहरु यसमा समेटिएका छन्। क्यालेन्डर तयारीका क्रममा केही समस्या आए पनि सो प्रकाशन कार्यले उल्लेखनीय सफलता हासिल गरेको जनाइएको छ।

‘क्यालेन्डरमा साहित्यकार २०८३‘ मा समावेश जिल्लागत आँकडाः

काठमाडौं-२० जना,

रोल्पा-१० जना,

झापा/काभ्रे-६/६ जना,

दाङ/लमजुङ-५/५ जना,

सुनसरी/प्यूठान/संखुवासभा-४/४ जना,

पाल्पा/सिन्धुली/खोटाङ/बारा-३/३ जना,

ललितपुर/नुवाकोट/रुकुम पूर्व/अर्घाखाँची/कञ्चनपुर/दोलखा/जुम्ला-२/२ जना, 
इलाम/गोरखा/ताप्लेजुङ/तनहुँ/मोरङ/स्याङ्जा/गुल्मी/मकवानपुर/कैलाली/बैतडी/उदयपुर/बाँके/ओखलढुंगा/कास्की/सोलुखुम्बु/धनकुटा/पाँचथर/भोजपुर/धादिङ/पर्सा/सल्यान/चितवन/भक्तपुर/रुपन्देही-१/१ जना।

देश बाहिर भारतबाट नेपाली मुलका -५ जना।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार