रोल्पामा जन्ती सवार चलिरहेको बसबाट खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
रुन्टिगढी गाउँपालिका–७ खर्चे स्थित शहिद राजमार्गमा आज बिहान करिब ९:४५ बजे उक्त दुर्घटना भएको हो। रुन्टिगढी गाउँपालिका–७ बागेबाट दाङतर्फ जाँदै गरेको रा १ ख ३१८६ नम्बरको जन्ती बोकेको बसबाट स्थानीय २२ वर्षीय ओपीलाल घर्ती खस्दा गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लगिएको थियो। तर उपचारकै क्रममा बिहान ९:५४ बजे चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
उक्त दुर्घटनामा २३ वर्षीय नबिन खड्का सामान्य घाइते भएका थिए। उनको पनि सोही स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो। प्रहरीका अनुसार खड्का सामान्य उपचारपछि दिउँसो २:३० बजे डिस्चार्ज भएका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ