रोल्पामा भिरबाट लडेर एक युवकको ज्यान गएको छ।

शनिबार अपराह्न करिब ४:४५ बजेको समयमा त्रिवेणी गाउँपालिका वडा नं. २, नुवागाउँका २२ वर्षीय देशकुमार बाँठामगरको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

प्रहरीका अनुसार जुँगारबाट नुवागाउँस्थित घर फर्किने क्रममा रयाले क्षेत्रको बाटोबाट लडेर करिब ६० मिटर तल खोलामा खस्दा उनको ज्यान गएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार