रोल्पामा घर लिप्ने माटो खन्ने क्रममा माटाेकाे ढिस्काेले पुरिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

रुन्टिगढी गाउँपालिका वडा नं. ७ मोतीखन्ने डाँडा नजिक खास्किबन क्षेत्रमा शनिबार दिउँसो १२ बजे तिर घर लिप्नका लागि माटो खन्ने क्रममा माथिबाट अचानक माटाको ढिस्काे खस्दा स्थानीय ४९ वर्षीया निर्मला बुढाथोकीकाे घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा २८ वर्षीया एलिना पुन (निधारमा गहिरो चोट), ३८ वर्षीया शान्ति पुन (दाहिने हात र ढाडमा चोट) र ४९ वर्षीया पार्वती पुन मगर (कम्मर र ढाडमा भित्री चोट) रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ। घटनामा सहभागी अन्य तीन जना भने सकुशल रहेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार