नेपाली लाेक गीत `करिम´ युट्युबबाट हटाउन माग गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा निवेदन परेको छ।
केही दिन पहिला मात्रै सार्वजनिक भएको प्रकाश दुतराजको पछिल्लो गीत ‘करिम’ गीतले वादी समुदायको स्वाभिमानमा ठेस पुर्याएको भन्दै हटाउन मागसहित रूकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीले निवेदन दिएका हुन्।
प्रकाशले बादी समुदायको ऐतिहासिक पृष्ठभूमिमा रहेर केही दिनअघि ‘करिम’ गीत सार्वजनिक गरेका थिए। गीत सार्वजनिक भएसँगै केहीले यसको भिडिओलाई लिएर आलोचना गरिरहेका छन तर समग्रमा भने गीतलाई प्रशंसा नै मिलेको छ।
के भन्छन प्रकाश ?
विभिन्न पुस्तक, उपन्यास भिडियो तथा अडियो र ईतिहासकार हरुले लेख्नु भएको भन्नु भएको र धेर थोर हामीले गरेको खोज तथा अध्ययनको आधारमा निर्माण गरिएको विषय तथा कथा हो । जीवनमा पहिलो पटक यो महसूस भएको छ ।कि मैले यो विषय तथा प्रस्तुत समुदायको बारेमा गीत कोरेर गल्ती गरेछु कि ?
करिम “ टिममा रहनु हुने सबै सबै साथीहरुले अथाह मिहेनत गर्नु भएको छ, कि प्रस्तुत समुदायको आन्दोलनमा हामीले पनि यो काम गरेर सघाउनु पर्छ भन्दै ।
अलिक बच्चै छु , अन्जानमा गल्तीहरु त होलान् नै ।
फेरि पनि, तपाईहरुको मन दुखाउने उद्देश्यले तपाईहरुलाई असर पार्ने हेतुले यो गीत वा कथा बनाएको हैन । सरकारले थाहा पाउनु पर्छ, समाजले थाहा पाउनु पर्छ कि
(कुनै समय धेर थोर संख्यामा) प्रस्तुत कथाका समुदायले एक समयको एक कालखण्ड कति अँध्यारो मा काटेका थिए भनेर ।
र न्याय हक अधिकार का ढोकाहरु संधै संधै खुल्ला राखिदिनु पर्छ भनेर ।
अलिक धेरै बहकिएछौं सायद भिडियोमा केहि कमजोरीहरु भएका पनि होलान् आउनुस् मिलेर सच्याउलानी ।
बरु मर्नै परोस् ।
मैले आँसु पसिना दुख मिहेनत र तपाईहरुले नै दिनु भएको आशीर्वाद सबै सङ्घालेर गरेको लगानी खेर जाओस् ।
तर हजुरहरुको मन दुखाउने काम गर्दिन । ए प्रकाश यहाँ निर गलत भएछ, यो हुनु पर्ने मा त्यो भएछ यो यो कुराहरु सच्याउ भिडियोमा मलाई भनिदिनु भयो भनेसक्ने , मिल्ने जति म गरिहाल्छु नि , (गर्छु पनि भनेकै छु ।
तर प्रस्तुत “निर्दोष समुदायको नाम लिदै थर लिदै टचर दिने,अप्ठ्यारोमा पार्ने कार्यहरु नगरिदिनुन प्लिज। अनि यस गीतमा प्रस्तुत गरिएको कथा तथा दृष्यहरु आज भन्दा करिब २/३ सय बर्ष अघि भए गरेका घटनाहरुमा आधारित रहेर बनाईएको दृष्य तथा कथा हो ।
आज भोलि यो कुराहरु धेरै हराईसकेको छ ।
प्रस्तुत समुदायका छोरि चेलिहरु आधुनिकता सँगै परिवर्तनशिल भई, विभिन्न क्षेत्र तथा देश-विदेशका विभिन्न ठाँउहरुमा रहि आफ्नै मिहेनतले जीवन चलाई रहनु भएको सुन्न र देख्न पाउँछौं ।