गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी छिन् ।
चैत ९ गतेदेखि १२ गतेसम्म प्राकृतिक कला केन्द्र तुलसीपुर आयाेजना गरेको होली फेस्टिबल २०८० कार्यक्रममा आफ्नो प्रस्तुति दिन तुलसीपुर आएकि अधिकारी दर्शक नभएको भन्दै स्टेज नढेर फर्किएकि हुन।
तुलसीपुर स्थित अरनिको मैदानमा संचालन भइरहेको उक्त कार्यक्रममा गायिका अधिकारी शनिबार बेलुका ५ बजे प्रस्तुति राख्ने कार्यतालिका थियाे। २३ जना दर्शकले मात्र टिकट लिएपछि समीक्षा स्टेज चढ्न मानिनन तर आयाेजकले भने उनको पारिश्रमिक दिएर पठाएको हाे।
केहि समय अगाडि गायिका समीक्षा अधिकारीले नायक पहल शाहलाई जबर्जस्ती करणी मुद्दा दिएपछि पलकाे गृह जिल्ला समेत रहेकाे दाङ जिल्लामा गायिका अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो। केही दिन अघि मात्रै पनि एक अवार्ड कार्यक्रममा पल र समीक्षा एउटै स्टेजमा भए पनि बाेलचाल भएकाे थिएन।
यस कार्यक्रममा आयाेजकले निमन्त्रणा गरेपछि उनले सहजै स्विकार गरेर समय उपलब्ध गराएकि थिइन। तर पल प्रकरणबाट रुष्ट भएका दंगाली दर्शकले उनलाई अहिले खाली फर्काएका हुन।