सङ्घीयताले जनताको घर नजिकमा सरकार पुर्‍याएको अवस्थामा जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्ने आवश्यक रहेकाले तिनै तहका सरकारबिच समन्वय आवश्यक रहेको र देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्‍याउने योजनालाई प्राथमिकतामा राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकि छन।

सल्यान पुगेकि मन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) बागचौर नगर समितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई थारमारेमा सम्बोधन गर्दै जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सरकारको महत्त्वपूर्ण निकाय वडा भएकाले वडाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै वडा केन्द्रमा इन्टरनेट विस्तारलाई प्राथमिकतामा राखेको बताएकि छन। सल्यान, दाङ, रुकुम जाेडने मुख्य मार्गको रुपमा रहेको राप्ती राजमार्गको स्तरोन्नति र कालोपत्रे सरकारको प्राथमिकतामा रहेकाले चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिएको समेत मन्त्री शर्माले बताइन। सबै तहका सरकारबिच आवश्यक समन्वय नभएकै कारण एउटै योजनामा धेरै बजेट पर्ने वा दाेहाेरिने र कुनै योजनामा बजेट नपर्ने समस्या हल गर्ने गरि अब सङ्घबाट पाँच करोडभन्दा कम बजेट विनियोजन नगर्ने विषयमा छलफल चलिरहेको पनि मन्त्री शर्माले खुलासा गरेकि छन।

भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम सहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला बनाउन थालिएको जानकारी दिदै त्यसबाट सल्यान सहितका छिमेकी जिल्लाको सेवामा समेत सुधार आउने मन्त्री शर्माको विश्वास छ। उक्त कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र बागचौर नगर समिति अध्यक्ष शोभाराम भण्डारीले गरेका थिए।

मन्त्री शर्मा आज बिहान देखि भुकम्प प्रभावित क्षेत्रमा अवलोकनका लागि कर्णाली प्रदेशकाे यात्रामा रहेकि छन। आज मात्रै मन्त्री शर्माले सल्यानकाे कपुरकाेट गाउँपालिका स्थित वनस्पति उद्यानकाे अवलाेकन संग‌ै भुकम्पबाट प्रभावित बनेको दार्मा गाउँपालिका स्थित विभित्र ठाउँमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा स्वयंसेवक परिचालन कार्यक्रमकाे उद्घाटन गरेकि छन।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार