पुस २५ काठमाडौ – वृद्ध एकल महिलाहरकाे हत्या गरि गहना लुटपाट गर्ने भारतीय नागरिक एक दम्पती पक्राउ परेका छन।

श्रृङखलाबद्व रुपमा अर्घाखाँची, गुल्मी र कपिलवस्तुका तीन महिलाको हत्या गरि गरगहना लुटपाट गरेकाे खुलेपछि उनिहरुलाई पक्राउ गरि आइतबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती अर्घाखाँचीकाे शितगंगा नगरपालिका १० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए।

ती दम्पतीले पछिल्लो समय यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका १० बहखोरकी ६० वर्षीया राधा थापाकाे हत्या गरेकाे खुलेसंगै अनुसन्धान गर्दै जादा उनिहरुले लुटपाट गर्न श्रृङखलाबद्व रुपमा हत्या गरेकाे खुलेपछि उनिहरु सिरियल किलर नै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरूले गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ की ७० वर्षीया योगमाया गैरेको र गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका ५ की ७५ वर्षीया जीवकला थापा हत्या गरेको समेत पुष्टि भएको डिएसपी रिजालले बताए।

सुरुमा श्रीमान सशान्तलाई पक्राउ गरि अनुसन्धान गर्दा उनले श्रीमतीसँग मिलेर हत्या गरेकाे बयान दिएपछि उनकि श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरि अनुसन्धान गरेकाे थियाे। अहिले उनिहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाई थप अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार