पुस १३ जुम्ला – गहगहना चाेरी गर्ने र चाेरीकाे गरहना खरिद गर्ने सहित तीन जना पक्राउ परेका छन।
जिल्ला प्रहरी कार्यालय जुम्लाले गरगहना तथा नगद चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ। पदम सुनार, लक्ष्मण खत्री र लालचन्द्र दमाईलाई प्रहरीले लिइएको हो।
गत मंसिर २३ गते तातोपानी गाउँपालिका -६ कि सावित्री नेपालीको घर र पसलबाट गरगहना र नगद चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा चाेरी गर्ने र उक्त चाेरीका गहना खरिद गर्ने सुनचाँदी पसलका संचालक समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
पुस ९ गते तातोपानी गाउँपालिका -५ बस्ने २० वर्षीय लालचन्द्र दमाईलाई उनकै घरबाट निवेदकको खुट्टामा लगाउने चाँदीको पाउजु सहित प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गर्दै जाने क्रममा चाेरीमा संलग्न रहेकाे भन्दै पक्राउ परेका दमाईले दिएकाे बयानका आधारमा साेहि ठाउँका लक्ष्मण खत्रीलाई पनि पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक धर्मराज जाेशीले बताए।
उनिहरुले गरगहना चाेरी सकेपछि चन्दननाथ नगरपालिका -८ घर भई हाल पातारासी गाउँपालिका -५ लासी बजारमा सुनचाँदी पसल संचालन गर्दै आएका पदम सुनारलाई समेत पक्राउ गरिएको छ। उनकाे पसल खानतलासी गर्ने क्रममा उनिहरुबाट किनेकाे सुनको स्वरूप बिगारी अर्को गहना बनाएको अवस्थामा फेला परेको र तिनै जनामाथि थप अनुसन्धान प्रहरी निरीक्षक जाेशीले बताए।