मंसिर १२ बर्दिया – प्रतिबन्धित लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ सहित २ जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा बर्दियाकाे मधुवन नगरपालिका -८ बस्ने गणेश चौधरी र साेहि ठाउका कृष्ण थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
आइतबार बढैयाताल गाउँपालिका -७ कर्णाली पुल स्थित लागु औषधकाे काराेबार भइरहेको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय मैनपाेखरा र प्रहरी चौकि कालिकाबाट खटिएको संयुक्त प्रहरी टाेलीले उनिहरुकाे साथबाट ब्राउन सुगर जस्तो देखि धुलाे पदार्थ ३ सय ग्राम १९० मिलिग्राम फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत बर्दियाबाट साेमबार लागु औषध मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बाेहराले बताए।