मंसिर ८ काठमाडौ – दुई प्रदेश सभा रहेको सल्यानमा प्रदेश सभा (क) मा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका भिमप्रकाश शर्मा विजयी भएका छन।

शर्मा ८,०८१ मतकाे अन्तरले २२२४३ मतका साथ विजयी छन। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुल बहादुर गिरिले १४२२५ लिएका छन। शर्मा याे क्षेत्रमा विकासशिल नेताकाे रुपमा लाेकप्रिय मानिन्छन्।

त्यस्तै राप्रपाका शिव बहादुर ओली (हलो) बाट १५६४, तुले सुनार स्वतन्त्र उम्मेदवार (जेब्रा) बाट २६० र स्वतन्त्र उम्मेदवार नै रमेश बुढाथोकी (धारा) बाट ५३६ मत लिएका छन।

जम्मा खसेको ४११७६ मत मध्ये सदर मत ३८८२८ थियाे भने बदर मत २३४८ रहेकाे छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार