भदौ २६ कास्की – जुवातास खेलिरहेको अवस्थामा दुई महिला सहित ८ जना पक्राउ परेका छन।

तनहुँ देवघाट स्थायी घर भई हाल पोखरा महानगरपालिका-१३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सूर्य कुमारी र अन्य सात जनालाई शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

अन्य पक्राउ पर्नेमा लमजुङ राईनाश नगरपालिका १० घर भई हाल कास्की पोखरा महानगरपालिका वडा न.१० बस्ने वर्ष ४४ कि कमला गुरुङ, सर्लाही घर भई हाल कास्की पोखरा महानगरपालिकावडा नं. ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत, साेहि ठाउँ बस्ने बस्ने वर्ष ३५ को रूपक बस्नेत, बागलुङ जैमिनी नगरपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका वडा न.११ फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, पोखरा महानगरपालिका वडा न.७ बस्ने वर्ष ३१ को सुर्य थापा, धादिङ निलकण्ठ नगरपालिका वडा नं.४ घर भई हाल कास्की पोखरा महानगरपालिका वडा न.११ बस्ने वर्ष ३७ को रमेश ठकुरी र पोखरा महानगरपालिका वडा न.१३ बस्ने वर्ष ४० को आश बहादुर गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी रामबजारबाट खटिएको प्रहरीले उनीहरूबाट नगद १ लाख ७ हजार २ सय ५५ रूपैयाँ र ४ बुक तास समेत बरामद गरेकाे प्रहरी नायव उपरीक्षक तिवारीले बताए।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार