भदौ २६ दाङ – अदालतले कैद फैसलापछि फरार रहेकि महिला करिब ३ वर्षपछि पक्राउ परेकि छन।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ की ३७ वर्षीया चुमकुमारी बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

२०७५ साल चैत १३ गते जिल्ला अदालत दाङले लेनदेन मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद सुनाएपछि फरार भएकोमा उनलाई शुक्रबार घोराही उपमहानगरपालिका –१३ कलमघारी गाउँबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताए।

आइतबार जिल्ला अदालत घाेराहीमा पेश गरी सजाय भुक्तानका लागि ती महिलालाई जिल्ला कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक गौतमले बताए।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार