भदौ २३ रोल्पा – गंगादेव गाउँपालिका -२ का एक स्थानीयले प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पा, इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पा र प्रहरी चौकी जिनाबाङ रोल्पालाई समेत विपक्षी बनाई मुद्दा दर्ता गराएका छन।
स्थानीय बेल बहादुर दमाईले आफुलाई फौजदारी कसुरको बिषयमा अनुसन्धान गर्न गैरकानुनी रुपमा धरपकड गर्न सक्ने भन्दै उक्त कार्य रोक्न उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गराएका हुन।
दमाईकाे उजुरीका आधारमा कानुन बमोजिम बाहेक निवेदकलाई कुनैपनि बहानामा धरपकड गर्ने, शारीरिक वा मानसिक यातना दिने, अनावश्यक दु:ख हैरानी दिने कार्य नगर्न उच्च अदालत तुलसीपुरले भदौ २० गते आदेश समेत जारी गरेकाे छ भने मुद्दा हाल तामेलीमा रहेको छ ।
उता याे मुद्दा बारे प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख बेखबर छन। याे मुद्दा परेकाे आफुलाई कहिकतैबाट जानकारी नभएको बताए भने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरे पनि त्यहि भन्छन।
मुद्दा दायर गर्ने दमाईले आफ्नो १६ वर्षिय छाेरासंग विवाह गराउने उद्देश्यले करिब एक महिना अगाडि एक १६ वर्षिय बालिकालाई भारत भगाएर त्यहि बहानामा बालविवाहकाे कसुरमा डराएपछि आफ्नाे बचाउ गर्न खाेजेकाे प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनसहारासंग बताए।
बालिकाको परिवारले सामान्य रुपमा घटनाकाे जानकारी गराएपछि केटाकेटीलाई पारिवारिक सल्लाहमा घरमा झिकाउन र यता आएपछि बुझेर आवश्यक प्रक्रिया गर्न प्रहरी प्रशासनले आग्रह गरेपछि मुद्दा दायर गर्ने दमाईले भारतमा बस्दै आएकि आफ्नाे छाेरीसंग ती केटाकेटीलाई लुकाएर राखेकाे समेत खुल्न आएको छ।
केटाकेटी भारतकाे दिल्ली वा हरियाणा तिर बसेकाे भन्ने अपुष्ट खबर पाएपछि बालिकाको बुवा लगाएतका केही व्यक्ति खाेजतलासकाे लागि भारत गएपनि फेला पारे नपारेकाे प्रहरीमा कुनै जानकारी अहिलेसम्म नभएको हुदा त्यहि केही केसमा उनी डराएर चलाख बन्न खाेजेकाे भएपनि तर ती केटाकेटीकाे बारेमा अहिलेसम्म प्रहरीमा कुनै जाहेरी भने नपरेकाे प्रहरी नायव उपरीक्षक घिमिरेले जनसहारासंग बताए।
दमाईले यस अघि गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरि सुकिदह बनाउने गाउँपालिकाकाे निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए। दमाई गंगादेव गाउँपालिका -२ का निवर्तमान वडा अध्यक्ष भुपाल दमाईका सहाेदर दाइ हुन।