भदौ १९ जाजरकोट – लागु औषध(चरेश) मुद्दामा फरार रहेकि एक महिला ८ वर्ष पछि पक्राउ परेकि छन।

पक्राउ पर्नेमा साविक डाँडागाउँ गा.वि.स.वडा नं. -७ हाल नलगाड नगरपालिका वडा नं.-३ बस्ने ६७ वर्षिय ओम कुमारी थापा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

थापा विरुद्ध लागु औषध चरेश मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७१।०८।२५ गतेको फैसला आदेशले १ वर्ष ३ महिना कैद भई १ वर्ष १ महिना कैद बेरुजु रहि फरार रहेकाे पाइएपछि गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोट र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा शनिबार आफ्नै घर लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

उनलाई आज आइतबार जिल्ला अदालत जाजरकोटमा उपस्थित गराई जिल्ला अदालतबाट कारागार कार्यालय जाजरकोट चलान गरिएको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार