भदौ ६ जाजरकोट – पेस्तोल प्रदर्शन गरी डरत्रास देखाउने एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका -१३ भल्मा बस्ने अन्नत खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

गत ३ गते राती करिब ९ बजेतिर जाजरकोट नलगाड वडा नं.०१ कल्पत स्थित केटाकेटीले श्रीकृष्ण जन्माष्टमिको अवसरमा नाच गान गरिरहेको बेला खत्री र उनकाे साथमा रहेका रमेश मल्ल आई दुईजनाले अबैध रुपमा आफुसंग रहेको पेस्तोल देखाई डरत्रास देखाउदै गर्दा स्थानियले नियन्त्रणमा लिन खोज्दा पेस्तोल सोही ठाँउमा छाेडेर दुवै जना भागेकाे सुचना प्रहरीले पाएपछि उनिहरुलाई खाेजतलास गर्दै जाने क्रममा साेमबार खत्रीलाई रिम्नाबाट पक्राउ गरिएको र मल्ल अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले जनसहारालाई बताए।

खत्री विरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान कार्य भई रहेको र फरार रहेका रमेश मल्लको खोजतलास कार्य पनि भईरहेको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार