साउन २५ जाजरकोट – नाबालिकालाई अनावश्यक हैरानी दिने एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका वडा न.-८ घर भई हाल भेरी नगरपालिका वडा न.-४ स्थित सिलाई कटाई पसल संचालन गरी बस्ने ३४ वर्षिय नरेन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

परियारले गत २१ गते १७ वर्षिया दुईवटा नाबालिकाहरुलाई जिस्काई अनावश्यक हैरानी दिएको आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

परियारलाई बुधबार पक्राउ गरि उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार