साउन २४ सल्यान – जुवातास खेलिरहेका चार जना नगदसहित पक्राउ परेका छन।
पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका वडा नं.-५ धारापानि बस्ने २९ वर्षिय दिपक भण्डारी,
साेहि ठाउँ गोठिवन बस्ने ३९ वर्षिय लिलमान भण्डारी, साेहि नगरपालिका -२ रारेचौर बस्ने ६२ वर्षिय रुद्र मधु डीसी र खरिबोट बस्ने ३९ वर्षिय भिम बहादुर डाँगी रहेको ईलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ।
मंगलबार दिँउसो करिब ३ बजेतिर बागचौर नगरपालिका वडा नं.-३ रारेचौर बजार स्थित रहेको माघे बिकको घरमा जुवा (तास) खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय थारमारे सल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेकाे हाे।
उनिहरुले जवातास खेलिरहेको अवस्थामै रंगेहात फेला पारी जुवा खालबाट नगद रु १८ हजार ७ सय ४५ रुपैया र तासका गड्डी बरामद गरेकाे र अहिले उनिहरुलाई इलाका प्रहरी कार्यालय थारमारेकाे हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।