साउन २२ कास्की – बैंकिङ कसूर मुद्दाकी प्रतिवादी एक महिला पक्राउ परेकि छन।

पक्राउ पर्नेमा बागलुङ ताराखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं.२ मिरुवा बस्ने २७ वर्षिय दिक्षा पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
‍
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा पनि पुनले रु.३,००,०००।– को चेक दिई चेक बाउन्स भएको हुँदा उनलाई बैंककिङ कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीको टाेलिले शनिबार दिउँसो कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ८ बिरेठाँटी स्थित नियालो घारीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय कसीले बताए।

पुनले विभिन्न व्यक्तिहरूलाई U.K. पठाई दिन्छु भनि रकम लिई ठगी गरेको भन्ने सामाजिक सञ्जालहरूमा समाचार सम्प्रेषण भएकोले सो तर्फ समेत अनुसन्धान भइरहेको हुँदा पीडित व्यक्तिहरूलाई प्रमाण सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन अनुरोध समेत गरि पुन विरुद्ध उच्च अदालत पोखराबाट बैंकिङ कसूर मुद्दामा दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले बताए।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार