असार १७ काठमाडौँ – जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक माथि कालाे माेसाे दलिएकाे छ।
नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई शुक्रबार कालोमोसो दलेको हाे।
शुक्रबार उनकै कार्यकक्षमा पुगेर विद्यार्थीहरुले छ वटा कारण देखाउदै कारबाही स्वरुप कालाेमाेसाे दलिएकाे अखिल क्रान्तिकारी केन्द्रीय समितिले जनाएको छ।
झाले राजधानी तथा देशभर विद्यार्थीलाई किताबको चरम कृत्रिम अभाव गराएको, जनक शिक्षालाई भ्रष्टाचारको अखडासमेत बनाएर लामाे समय देखि भ्रष्टाचार गर्दै आएको, कागज खरिदमा चरम अनियमितता गरेकाे, निजि दलाल शैक्षिक संस्था संग मिलेर जनक शिक्षा सामाग्रीलाई डुबाउन लागेकाे र जनताकाे छाेराछाेरी माथि खेलवाड गरेकाे भन्दै कारबाही गरिएको भन्दै क्रान्तिकारीले कारबाही गरेको जनाएको छ।