असार १६ कपिलवस्तु – नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न नेपाली कांग्रेस तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन।
नेपाली कांग्रेस कपिलवस्तुद्वारा नव निर्वाचित जनप्रतिनिधिहरूको सम्मान तथा बधाईमा आज बुद्धभूमी नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै सभापति पुनले पार्टीको समन्वयमा काम गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिएका हुन् ।
उनले पार्टीको नीति, नियम र जनता माझ गरेको प्रतिबद्धता अनुरुप काम गर्न अनुरोध गरेका छन् । स्थानीय सरकार जनताको घरदैलोको सरकार भएको बताउदै जनतालाई परिवर्तन, विकास र सहयोगको अनुभुती हुनेगरी सेवा संचालन गर्नु पर्नेमा जोड दिएका छन् । उनले पार्टी विरुद्ध गलत क्रियाकलाप गर्ने प्रवृत्ति बढेको औल्याउँदै यसलाई निरुत्साहित गर्नु पर्ने धारणा राखेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेश सहमहामन्त्री नीमा गिरी, लुम्बिनी प्रदेश सरकारकि ग्रामीण, पर्यटन तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल लगायतले बोलेका थिए । कार्यक्रममा कपिलवस्तु जिल्लामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू सम्मान गरिएको कपिलवस्तु कांग्रेसले जनाएको छ ।