असार १२, सल्यान – कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) बागचौरले पोषण सचेतना तथा प्रवर्द्धन अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार एक कार्यक्रमका बिच ताजा तरकारी बाली विकास कृषक समूह बागचौर नगरपालिका वडा नं. २ लस्त जिउलाका कृषहरुसँग उक्त कार्यक्रम संचालन गरिएको हो ।
कृषि क्षेत्र विकास कार्यक्रमसँग विभिन्न मुल्य शृङ्खलामा आवद्व समुह/सहकारीहरुका १५-४९ उमेर समुहका महिलाहरुलाई पोषण सम्बन्धि सचेतना फैलाई पोषणमा सुधार गर्ने उदेश्यले पोषण सचेतना तथा प्रवर्द्धन अभियान कार्यक्रम संचालन गरिएको कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) कि अनुगमन, मुल्यांकन तथा ज्ञान व्यवस्थापन अधिकृत शिला अधिकारी देवकोटाले बताईन ।
कार्यक्रममा खाना र पोषण, हरबार खाना चार, महिलाहरुको लागि न्युनतम खाद्य विविधता, किशोरी, गर्भवती र सुत्केरीका लागि पोषण, सुनौलो हजार दिन तथा स्तपान, प्रजनन स्वास्थ्य, खानेपानी सरसफाइ, पोषण बगैंचा, स्थानीय बाली, वस्तु र पोषिलो परिकार, जङ्क फुड (पत्रु खानका असर) लगायतका विविध विषयमा विभिन्न तरिकाले लैङ्गिक समानता तथा पोषण अधिकृत सन्ताेष कुमार दुवेले प्रस्तुतिकरण गरेका थिए । हाल सम्म इकाई कार्यालयले रुकुम र सल्यानका विभिन्न स्थान गरि ३५ वटा सचेतना अभियान संचालन गरेकाे बताउँदै यो कार्यक्रमले सिङ्गै कर्णालीको पोषणको अवस्थामा सुधार ल्याउने महत्त्वपूर्ण भुमिका खेल्ने रहेको दुवेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार