असार १२ कास्की – आफैले संचालन गरेकाे बाेर्डिङ स्कुलमा अध्यनरत विद्यार्थी माथि यौन दुरुपयोग गरेकाे अभियाेगमा संचालक पक्राउ परेका छन।
माछापूच्छ्रे गाउँपालिका वडा नं -४ स्थित रहेको ज्ञान ज्योती ईङ्लिस बोर्डिङ स्कूलका संचालक साेहि ठाउँ बस्ने ४८ वर्षिय रामचन्द्र शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सोही स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई बाल यौन दुरुपयोग गरेको भन्ने जाहेरीको आधारमा शुक्रबार पक्राउ गरी बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरको अनुसन्धानका जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताए ।