असार ४ दाङ – सुस्त मनस्थितिकि एक युवती सामुहिक बलात्कारमा परेकि छन।
तुलसीपुर उपमहनगरपालिका-५ की एक २५ वर्षीय सुस्त मनस्थिति भएकि युवतीमाथि बिहीबार राति करिब ९ बजेतिर बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ती युवती माथि चार जनाले सामुहिक बलात्कार गरेकाे र दुई जना पक्राउ परिसकेको छन भने दुई जना फरार रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी छन भने फरार रहनेमा साेहि ठाउँकै २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अर्जुन परियार रहेकाे प्रहरी उपरीक्षक काफ्लेले बताए।
पहिला कमलले ती युवतीलाई दोघरेस्थित निर्माणाधीन एक घरमा लिएर अन्य तीन जनालाई बोलाएर आलाेपालाे जबर्जस्ती बलात्कार गरेको युवतीले परिवार संग भनेपछि परिवारले साेहि अनुसार इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएपछि घटना बाहिर आएकाे प्रहरीले अनुसन्धान थालेकाे र फरार दुई जनाकाे खाेजिकार्य भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।