असार २ सल्यान – बैंकिङ कसुर फरार प्रतिवादीकाे रुपमा रहेकि सल्यानकि एक महिला पक्राउ परेकि छन।
पक्राउ पर्नेमा शारदा नगरपालिका वडा न. -१ स्थित श्रीनगर बस्ने ३० वर्षिय शसिला शाही भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।
शाही विरुद्ध फैसला कार्यन्वयनको सिलसिलामा उच्च अदालत तुल्सीपुर, नेपालगंज इजलासको मिति २०७८।०७।१७ गतेको फैसला अनुसार जिल्ला अदालत सल्यानको लगत नम्बर १२७१ अनुसार बैंकिग कसुरमा रु. ३,९३,१०२(तिन लाख त्रियानब्बे हजार एक सय दुई रुपैंया) जरिवाना र पाँच दिन कैद फैसला पछि फरार रहेकाेमा आफ्नै घरमा लुकिछिपि बसेकाे भन्ने विशेष सुचनाकाे आधारमा उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए।
शाहीलाई बुधबार बेलुका ६ बजेतिर पक्राउ गरी आवश्यक कारवाहीको लागि बिहीबार जिल्ला अदालत सल्यानमा बुझाइएको प्रहरी निरीक्षक खनालले बताए।