जेठ ३० काठमाडौं – बौद्धमा एक युवती सामूहिक बलात्कारमा परेकि छन।
काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा एक २४ वर्षिय युवती सामूहिक बलात्कारमा परेकाे र संलग्न रहेकाे आरोपमा हाेटल संचालक सहित चार जनालाई घटना भएको १६ घण्टापछि प्रहरी विभिन्न विधि र प्रविधि प्रयाेग गरि फरार रहेका उनिहरुलाई काठमाडौका विभिन्न ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही घर भई बौद्ध बस्ने ३४ वर्षीय उत्तम लामा र बलात्कार गर्न सघाएर मतियार गरेकाे आराेपमा हाेटल संचालक सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने ३४ वर्षीय आङ्निमा भनिने झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।
उक्त गेष्ट हाउसको तेस्रो तलाको कोठामा तीन जना पुरूषले २४ वर्षीया युवतीमाथि आइतबार दिउँसो पालैपालो बलात्कार गरी फरार भएको खबर प्रहरीले पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले हाेटलबाट ती युवतीको उद्धार गरी उपचार तथा स्वास्थ्य परीक्षणको लागि प्रसूती गृह थापाथली पुर्याएको र उनकाे अवस्था खतरा मुक्त रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।
पक्राउ परेकामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को करणीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनकाे म्याद थप गरि प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।