जेठ १७ चितवन – श्रीमानकाे चरम यातनाबाट गम्भीर घाइते भई उपचाररत चितवनकि महिलाकाे मृत्यु भएको छ।

गत बिहीबार श्रीमानले मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते भएकी खैरहनी नगरपालिका–१० मुसहरबस्तीकी गीता माझीको गएराति १२ बजेतिर भरतपुर अस्पतालमा शल्यक्रियापछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

माझीको साेमबार दिउँसो शल्यक्रिया गरिएको २ प्वाइन्ट A positive रगतको अभाव भएपछि रगतकाे व्यवस्था गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

माझीका श्रीमान रामचन्द्र माझीलाई घटना भए पछि तत्कालै प्रहरीले नियन्त्रणमा लिएकाे थियाे तर अहिलेसम्म उनी विरुद्ध कुनै उजुरी परेकाे छैन प्रहरीले अनुसन्धानकै लागि भनेर नियन्त्रणमा राखेकाे प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार