जेठ १२ काठमाडौ – युरोपेली राष्ट्र हंगरी पठाइदिने भन्दै लाखौं ठगी गरेकाे आराेपमा एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवनकाे भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डे रहेकाे काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।
पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । पाण्डे विरुद्ध ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।