जेठ ११ काठमाडौ – आफैले पढाउने छात्राहरु माथि नै यौन दुव्र्यवहार गरेकाे आराेपमा दुई जना शिक्षक पक्राउ परेका छन।

काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका काभ्रेपलाञ्चोक साविक सापिङ गा.बि.स. वडा नं.०४ हाल भुम्लु गाउँपालिका वडा नं. -१ घर भई हाल काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. -८ बस्ने ४७ वर्षिय जनार्दन अधिकारी र साेहि नगरपालिका -७ का ५१ वर्षिय राजन कुमार पौडेल रहेकाे महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।

मंगलबार एकाएक विद्यार्थीले नाराबाजी सहित कलेजका शिक्षकले नै छात्रामाथि यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाएपछि घटना बाहिर आएकाे हाे।

कलेजको बिहानी सत्रका संयोजक तथा कोर्ष को-अर्डिनेटर समेत रहेका शिक्षक अधिकारीले कक्षा ११ मा अध्ययनरत एक छात्राले तीन महिनादेखि आफूलाई सामाजिक सञ्जाल र भौतिक रूपमै दुव्र्यवहार गर्ने गरेको आरोप लगाएकि हुन। त्यस लगत्तै साेहि छात्राकि अन्य दुईजना साथिहरुले पनि आफूसँग दुव्र्यवहार भएको भन्दै साेहि कलेजका अर्का शिक्षक पौडेलमाथि पनि आरोप लगाए पछि अनुसन्धानकाे लागि दुवै जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टले बताए।

प्रहरी नायव उपरीक्षक भट्टले भने `कलेजमा उक्त घटनाबारे कुरा उठेपछि कलेज प्रशासनले उहाँहरुलाई कलेजबाट निष्कासन गर्ने निर्णय गरेकाे रहेछ त्यसपछि उहाँहरु फरार हुनुभएको रहेछ अहिले कानुनी प्रक्रिया सुरु गरेका छौ।´ पिडित छात्राका अनुसार ती शिक्षकले छात्रालाई मिनिस्कट लगाएको सेक्सी देखिन्छ,सेक्स पार्टनर बन म मेराे श्रीमतीबाट सन्तुष्ट छैन। तिमी मलाई मनपर्छ, त्यसैले मेरो पार्टनर बन भनेर बारम्बार धम्काउने गरेकाे पिडित छात्राहरुले बताएका छन।

पीडित छात्राकाे बिस्तृत स्वास्थ्य परीक्षण प्रसुती गृह अस्पताल थापाथलीमा गरि उनिहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुने सम्बन्धी कसूर मुद्दा दायर गरि काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार