पुस २६, सल्यान – सल्यानको ईलाका प्रहरी कार्यालय थारमारे र अस्थायी ट्राफिक प्रहरी पोस्ट थारमारेले सवारी चालकसंग १ मिनेट कार्यक्रमसँगै सबैले माक्स प्रयोग गरौं कार्यक्रम संचालन गरेको छ ।
बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न को लागि र बिश्वभर बढ्दो क्रममा फैलिएको कोरोना भाईरसलाई मध्यनजर गर्दै चालक संग १ मिनेट र सबैले माक्स प्रयोग गरौं कार्यक्रम संचालन गरेको थारमारे अस्थायी ट्राफिक पोष्ट प्रमुख दिल साहुले बताएका छन ।
उनले सवारी चालक संग १ मिनेट कार्यक्रम यस अघि देखि नै संचालन गर्दै आएको भएतापनी बढ्दो कोभिड-१९ लाई मध्यनजर गर्दै सबैले माक्स प्रयोग गरौं कार्यक्रम चाहिँ आजै देखि सुरु भएको बताए ।
यस अघि सुरु भैरहेका कार्यक्रमहरु लामो दुरीका सवारी साधनका लागी टाईमकार्ड लागु, रिफ्रेसमेन्ट कार्यक्रमहरु पनि नियमित रुपमा संचालन भैरहेका र लागु पनि भैरहेको पनि जानकारी दिएका छन ।