जेठ २५, सल्यान – सल्यानको कपुरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा मार्गदर्शन विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरि सरोकारवाला सबैको सक्रिय सहभागितामा रचनात्मक सुझाव सहित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सर्वपक्षिय पुर्व बजेट तथा कार्यक्रममाथिको छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पेस गरेको मार्गदर्शनमा निम्न विषयहरु समेटिएको छ ।
आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रम मार्गदर्शन
१. गाउँपालीकाका गौरवका योजनाहरु छनौट गरी क्रमागत रुपमा कार्यान्वयणमा लिने ।
२. क्रमागत योजनाहरुलाई पहिलो प्राथमिकतामा राखि निरन्तरता दिने ।
३. आ.व. २०७९ / ०८० को गाउँ सभाबाट पारित भई बजेट कटौतीका कारण कार्यान्वयन हुन नसकेका योजनाहरुलाई विशेष प्राथमिकतामा राख्ने ।
४. आवधिक योजना र मध्यवधी खर्च संरचनालाई आधार बनाई दिगो विकास लक्ष्यलाई सम्बोधन हुने गरि योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
५. रु. ५ लाख भन्दा कमका टुक्रे योजनाहरुलाई न्यूनीकरण गरी कार्यक्रम तयार गर्ने ।
६. प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमलाई पालिकाको योजनासँग सत प्रतीशत साझेदारीमा संचालन गर्ने ।
७. मौजुदा ऐन, नियमावली, कार्यविधि, निर्देशिकाको मर्म र भावना अनुसार लक्षित वर्गको योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
८. कपुरकोट गाउँपालिकामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी एवं गैर सरकारी संस्थाहरुका लागि वाहिय लगानी मैत्री वातावरण सिर्जना गर्ने ।
९. लैंगिक उत्तरदायी बजेट निर्माण गरि सबै क्षेत्र, समुदाय, वर्ग, लिंग आदिको आत्म सम्मान हुने खालको कार्यक्रम तर्जुमा गर्ने ।
१०. तरकारी हाट बजारलाई खुल्ला प्रतिस्पर्धि बजार बनाउदै तरकारीको कपुरकोट ब्राण्ड बनाउने कार्यमा विशेष कार्यक्रम संचालन गर्ने ।
११. एक घर एक धारा, पूर्ण सरसफाई उन्मुख पालिका घोषणा अभियान सफल बनाउन विविध गतिविधी संचालन गरिने ।
१२. आगामी ४ वर्षभित्र फुसको छानामुक्त पालीका बनाउन क्रमागत रुपमा बजेट विनियोजन गर्ने ।
१३. बाल विवाह न्यूनिकरणको अभियानलाई विभिन्न विधीको माध्ययमाबाट बहुत रुपले अगाडी बढाउने ।
१४. सिमित स्रोतबाट अधिकतम प्रतिफल प्राप्तीका लागि विभिन्न सरकारी तथा गैर सरकारी निकायसँग साझेदारी रुपमा गरिने कार्यलाई विशेष प्राथकितामा राख्ने ।
१५. वातावरण संरक्षण, स्थानीय सीप, साधन र क्षमता परिचालन हुने, कृषि उत्पादन बढ्ने, बढी जनसहभागीता जुट्ने योजनालाई प्राथमिकता दिने ।
१६. सबै बाँझो जग्गाको उत्पादनमा उपयोग गर्ने ।
१७ कृषि, पर्यटन लगायत धार्मिक तथा सांस्कृति पर्यटनलाई प्रवर्द्धन गर्ने ।
१८. पालिका भित्र शैक्षिक गुणस्तर सुधार गर्न एकीकृत कक्षा ५ र ८ को परीक्षा प्रणालीको विकास गरी उत्कृष्ट छात्र, छात्रा, शिक्षक र विध्यालयलाई पुरस्कृत गर्ने ।
१९. एकीकृत कृषी विकास कार्यक्रमलाई अझ व्यवस्थीत गरी उत्पादनमा आधारीत कृषक उपादन र समर्थन मुल्य कोष स्थापना गरी न्युनतम मूल्य निर्धारण गर्ने साथै कृषी बिमा अनिवार्य गर्ने ।
२० एकीकृत स्वास्थ्य संस्था र वडा कार्यालय सुदढीकरण अभियान चलाउने ।
२१. विध्यालय भौतीक पुर्वाधार सुदृढीकरण अभियानलाई अझ प्रभावकारी बनाउने ।
२२.सबै प्रकारका विभेद, कुसंस्कार र विकृतीको अन्त्य गर्न कपुरकोट जागरण अभियान चलाउने ।
२३ . स्वास्थ्य तर्फका नविन कार्यक्रमलाई निरन्तरता दिने ।
२४. टोल विकास संस्था, खानेपानी तथा सरसफाइ उपभोक्ता समीती, महीला समुह, युवा क्लव लगायतका संस्थाहरुको सशक्तीकरण गरी आफनो गाउँ आफै बनाऔ अभियान” जनचेतना अभिवृद्धी, विकास निर्माण र मर्मतसम्भारका कार्यमा सहभागी गराउने
२५. प्रमुख र शाखा सडकहरुको मोड सुधार, नाली निर्माण ह्युम पाइप र ग्याबीन मार्फत बाह्रै महीना संचालन हुने व्यवस्था मिलाउने ।
२६. कपुरकोट तरकारी स्टल र कृषी एम्बुलेन्स संचालनमा ल्याउने ।
प्राथमिकीकरणका आधारहरु:
१. सर्वसाधारण जनतालाई तत्काल प्रत्यक्ष फाइदा पुग्ने तथा रोजगार प्रबंधन हुने र आयमूलक कार्यक्रमहरु । २ नागरिको प्रति व्यक्ती आम्दानी वृद्धि गर्न सघाउ हुने कार्यक्रमहरु । ३. स्थानीय साधन, सीप र क्षमताको परिचालनबाट सञ्चालन हुने कार्यक्रमहरु ।
४. पिछडिएका तथा उत्पीडित जाती, जनजाति एवं महिला र वालवालिकाकोलागी प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु ।
५. बढी भन्दा बढी स्थानीय वासिन्दाको सहभागिता र श्रम प्राप्त गर्ने ।
माथि उल्लेखित मार्गदर्शन र प्राथमिकीकरणका आधारहरुमा अध्ययन गरि सल्लाह सुझाव दिन ito.kapurkotmun@gmail.com मा इमेल गरी वा 9857822171, 9868636501 मा फोन गरेर पनि उपलब्ध गराउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए ।
सहभागिहरुले मार्गदर्शनमा गरेका टिप्पणी र महत्वपुर्ण सल्लाह सुझावहरुलाई ध्यानमा राखि गाउँपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रतिबद्द्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरेका छन ।
गाउँपालिका अध्यक्ष पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष प्रकाश भण्डारीले राखेका थिए भने कार्यक्रमको सहजीकरण प्रशासन तथा योजना सहायक जिवराज खत्रीले गरेका थिए । कार्यक्रममा वर्तमान तथा निवर्तमान जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, समाजसेवि, पत्रकार, बुद्दिजिवि र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।