पुस १२, सल्यान – तीन दिने पोषण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सल्यानको बरलामा सम्पन्न भएको छ ।
कृषि क्षेत्र विकास कार्यक्रम कार्यक्रम समन्वय इकाई सल्यानको आयोजनामा तीन दिने पोषण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बरलामा पुष १२ गते मंगलबार सम्पन्न भएको हो ।

सल्यानका बागचौर नगरपालिका, दार्मा गाउँपालिका, कुमाख गाउँपालिका र रुकुम पश्चिमका त्रिवेणी, मुसिकोट, चौरजहारीका विभिन्न वडाहरूमा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि सो-पोषण सहजकर्ता तालिम आयोजना गरिएको हो । कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानिमा संलग्न रहेका कृषक परिवारका महिलाहरूलाई पोषण पाठशाला सञ्चालनमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सहजीकरण गर्नेछन् । तालिममा लैङ्गिक समानता तथा पोषण अधिकृत सन्तोष कुमार दुवे र सुआहाराका तोरन बुढाथोकीले प्रशिक्षण दिएका थिए ।

पोषण पाठशालामा पोषण सम्बन्धी सचेतना अभिवृद्धि गराइ पोषणमा सुधार गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । सो तालिममा पोषिलो खाना, पोषण तथा कुपोषण, किशोरी अवस्था, गर्भवती अवस्था, सुत्केरीको पोषण, सुनौलो हजार दिन, न्यूनतम खाद्य विविधता, पोषण प्रवर्द्धन तथा प्रसार प्रचार, पोषण बगैँचा, बहुक्षेत्रिय पोषण योजना व्यक्तिगत सरसफाइ लगायतका विविध विषय समेटेर तालिम सञ्चालन गरिएको कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई सल्यानका लैङ्गिक समानता तथा पोषण अधिकृत सन्तोष कुमार दुवेले जनाए ।
तालिमको अन्त्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई ब्याग, प्रमाणपत्र र पोषण सम्बन्धी बुकलेट इकाई प्रमुख प्रकाश पौडेलले वितरण गरि समापन भएको थियो ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार