असार ३१, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. २ थारमारेमा रहेको जनकल्याण क्याम्पस संचालक समितिले आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित बजेट १ करोड ६३ लाख ५१ हजार ३ सय ५२ रुपैयाँ पास गरेको छ ।

जसमा चालू तर्फ १ करोड ११ लाख ३३ हजार ३ सय ५२ रुपैयाँ रहेको छ भने पुँजीगत तर्फ ५२ लाख १८ हजार रुपैयाँ रहेको छ ।

क्याम्पसको पारदर्शिता लागि आर्थिक वर्ष सुरु हुदै गर्दा गत वर्षको आम्दानी, खर्चको आय व्ययको विवरण पेश गरेको बताउँदै आगामी वर्षका लागि बजेट बनाएर मात्रै काम गर्न सुरु गरिएको क्याम्पस संचालक समितिले जानकारी दिएको छ । यो कार्यबाट क्याम्पसमा हरेक काम जुन शिर्षकमा राखिएको छ त्यसमा मात्रै प्रयोग गर्न पाईने भएकोले मितव्ययी तरिका हुने समेत बताईएको छ ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार