असार २९ जाजरकोट – अनुसन्धानका क्रममा फरार रहेका सल्यानका एक जना प्रतिवादी पक्राउ परेका छन।

पक्राउ पर्नेमा सल्यान बनगाड कुपिण्डे नगरपालिका -१ बस्ने ३४ वर्षिय दुर्गा बहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

सवारी ज्यान मुद्दामा अनुसन्धानको शिलशिलामा जिल्ला अदालत जाजरकोटबाट गत फागुन २६ गते पक्राउ अनुमती जारी भएर फरार रहेका बुढाथाेकिलाई जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय सल्यान संगकाे समन्वयमा ईलाका प्रहरी कार्यालय देवस्थल सल्यानबाट खटिएको प्रहरी टोलीले मंगलबार उनकै घरबाट पक्राउ गरी यस जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

बुढाथोकी माथि जिल्ला अदालत जाजरकोटबाट सात दिनकाे म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार