संवाद – Janasahara https://janasahara.com Online News Portal Wed, 24 Sep 2025 12:06:37 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg संवाद – Janasahara https://janasahara.com 32 32 राष्ट्रिय परिचयपत्र ईलाका प्रशासन कार्यालयबाटै वितरण सुरु https://janasahara.com/archives/18675 https://janasahara.com/archives/18675#respond Wed, 24 Sep 2025 12:06:37 +0000 https://janasahara.com/?p=18675 असोज ०८, सल्यान – जिल्ला प्रशासन कार्यालय सल्यानमा तयार भएका राष्ट्रिय परिचयपत्र स्मार्ट कार्ड ईलाका प्रशासन कार्यालय थारमारेबाट वितरण गरिएको छ ।

यससँगै बृद्ध तथा अशक्त नागरिकहरूको विवरण संकलन गर्ने कार्य पनि प्रशासन कार्यालयमार्फत सल्यानमै सुरु गरिएको छ ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमा प्रमुख जिल्ला अधिकारी उप–प्रहरी नायब उपरीक्षक अनुसन्धान DSP विशिष्ट व्यक्तिको उपस्थिति रहेकोे थियोे ।

प्रशासन कार्यालयका अनुसार यो कार्य नियमित रूपमा संचालन हुनेछ । हाल वडास्तरमा तयार गरिएका कार्डहरू पछि वितरण गरिने जानकारी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

यसले स्थानीय नागरिकलाई आफ्नो परिचयपत्र लिन सहज हुने र विशेषगरी बृद्ध तथा असक्त नागरिकहरूलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

]]>
https://janasahara.com/archives/18675/feed 0
जाजरकोटमा ९ जनाकाे मृत्यु, घाइतेहरुले जिल्ला अस्पतालमा खचाखच भरियाे https://janasahara.com/archives/15563 https://janasahara.com/archives/15563#respond Fri, 03 Nov 2023 20:34:46 +0000 https://janasahara.com/?p=15563 गएराती गएको भुकम्पबाट भएकाे क्षति विवरण प्राप्त हुनेक्रम जारी छ।

जाजरकोटमा केन्द्रविन्दु रहेको उक्त भुकम्पकाे पश्चिम नेपाल लगाएत देशभर र भारतकाे नयाँ दिल्लीमा समेत महशुस गरिएको थियाे  शुक्रबार राति ११ः४७ बजे भुकम्प गएको हाे।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीका अनुसार विभिन्न वडामा घर भत्किँदा ९ जनाको मृत्यु भएको बताए। अहिले घाइतेहरुले जाजरकोट जिल्ला अस्पताल खचाखच भरिएको छ भने अझै सबै ठाउँबाट उद्दार गर्न बाँकि छ।

उता रुकुम पश्चिममा एकै घरका ५ जना सहित १८ जनाकाे मृत्यु गएको छ भ।

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उनका ४ जना छोरीहरुको घर भत्किदा मृत्यु भएको हाे।

आमा शिलासँगै सुतेका पाँच छोरीहरु मध्य माईली छोरीको भने जिवितै उद्धार गरिएको छ। अहिले सम्मको जानकारीमा रुकुम पश्चिम् आठबिसकोट नगरपालिका वडा नं ११ मा ६ जना, वडा नं १३ मा ३ जना, वडा नं १२ मा ५ जना, वडा नं १४ मा २ र सानीभेरिमा – २ जना गरि १८ जनाको मृत्यु भएको खुल्न आएको त्यहाँबाट नरेन्द्र वलीले जनसहारासंग बताए।

सबै तिरबाट थप विवरण आउन बाँकी छ।

]]>
https://janasahara.com/archives/15563/feed 0
सल्यानको कुमाखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु https://janasahara.com/archives/15034 https://janasahara.com/archives/15034#respond Fri, 14 Jul 2023 02:19:05 +0000 https://janasahara.com/?p=15034 असार २९, सल्यान – सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ४ बाल्लेखोलादेखि बाल्ले जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टर गएराती दुर्घटना भएको हो ।

दुर्घटनामा परी सल्यान कुमाख गाउँपाकिला ५ तलधरी बस्ने अन्दाजी २७ को राम बहादुर बुढाथोकीको सोही ट्याक्टरको ट्रालीले च्यापि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बाल्लेखोलादेखि बाल्लेमा निर्माणाधिन स्वास्थ्य चौकीको बालुवा लोड गरि जाने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । ट्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको छ ।

]]>
https://janasahara.com/archives/15034/feed 0
सल्यानमा धुम्रपान नियन्त्रण सम्बन्धि विद्यालयस्तरमा संवाद कार्यक्रम सम्पन्न https://janasahara.com/archives/14884 https://janasahara.com/archives/14884#respond Tue, 20 Jun 2023 14:55:08 +0000 https://janasahara.com/?p=14884 असार ०५, सल्यान – सल्यानको छत्रेश्वरी गाउँपालिकामा धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम नियन्त्रण, निदान तथा उपचार सम्बन्धि विद्यालय स्तरको संवाद कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालय रामशाहपथ काठमाडौंको सहयोग र डेभलपमेन्ट सोसाइटी नेपाल, सल्यानको आयोजनमा छत्रेश्वरी गाउँपालिका भित्रका त्रिभुवन जनाता मा.वि. भोटेचौर, शारदा मा.वि. शंकमुल, जानकी मा.वि. दोहली, कृष्णि मा.वि. पोखरीडाँडा, महेन्द्र मा.वि. लेखपोखरा र त्रिभुवन जनता मा.वि. लेखचौरपानी लगायतका विद्यालयहरुमा संवाद सम्पन्न गरिएको डेभलपमेन्ट सोसाइटी नेपाल सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डि.सी. ले जानकारी दिए ।

अध्यक्ष डि.सी.का अनुसार विद्यालयस्तरमा विद्यार्थीहरुसँग गरिएको उक्त कार्यक्रममा निम्न विषयहरुमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ परिच्छेद १ दफा २ अनुसार सुर्तिजन्य पदार्थ भन्नाले धुम्रपान वा सुर्ति सेवनका निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, सुल्फा, कक्कड, कच्चा सुर्ति वा यस्तै प्रकारका सुर्तिजन्य पदार्थबाट स्वास्थ्यमा पर्ने असर यसबाट कसरी विद्यार्थिहहरुलाई जोगाउने छलफल एवं संवाद गरिएको थियो ।
⦁ सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिसेवन गर्न पाइदैन ।
⦁ व्यवस्थापकले आफुसँग सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउँमा धुम्रपान र सूर्ति सेवन गर्न नपाउने व्यहोराको सुचना सबैले देख्न र पढ्न सक्ने गरी टाँस गर्नुपर्दछ ।
⦁ कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजि एवं सवारी साधन भित्र धुम्रपान गर्नु हुदैन ।
⦁ सुर्तिजन्य पदार्थको प्याकेट नाबालकलाई आकषण गर्ने कुनै लोगो,चिन्ह,शब्द र चित्र राख्न पाइदैन ।
⦁ उत्पादकले सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्नु अघि त्यस्तो पदार्थमा भएको निकोटिनको मात्रा हानिकारक तत्व लगायत अन्य कुराको विवरण मन्त्रालय समक्ष पेश गर्नुपर्दछ ।
⦁ उत्पादकले सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट र लेबलको बाहिरी कुल भागको ९० प्रतिशत भागमा सुर्तिजन्य पदार्थ हानिकारक छ भन्ने व्यहोराको मन्त्रालयले तोकेबमोजिमको चेतावनी सन्देश र सुर्तिजन्य पदार्थको सेवनबाट भएको घातक, रङ्गिन चित्र प्रष्ट बुझ्ने र देख्ने गरी नेपाली भाषामा उल्लेख गर्नुपर्नेछ ।
⦁ सुर्तिजन्य पदार्थको कसैले विज्ञापन गर्न पाइने छैन ।
⦁ कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्न वा नि:शुल्क उपलब्ध गराउन पाइने छैन ।
⦁ शिक्षण वा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, र नेपाल सरकारले राजपत्रमा सुचना प्रकाशित गरी तोकिएको सार्वजनिक स्थलबाट कम्तिमा एकसय मिटर भित्रको घर, पसलबाट सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्न पाइने छैन ।
⦁ कसैले पनि सुर्तिजन्यपदार्थ नि:शुल्क उपहार स्वरुप दिन पाइदैन ।

सुर्तिजन्य तथा अन्य लागु पदार्थको कुलतबाट जोगाउन विशेष प्रस्तुति तथा संवादमा कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी साहयक निरिक्षक घनश्याम सुनार, श्याम खत्री, सि.एम.सि. नेपालमा कार्यरत गिता पहाडी, नेपाल पत्रकार महांसंघ नेपालको सचिव टिकाराम भण्डारी, वडा नं.६का अध्यक्ष टिकाराम वुढा, वडा नं.५ का अध्यक्ष फौद वहादुर वस्नते, संस्थाका सचिव तुल्सा रावंत र संस्थाका अध्यक्ष दिपेन्द्र प्रकाश डि.सी. लगायतले गरेका थिए । कार्यक्रममा ६ वटा विद्यालयका शिक्षक र विद्यार्थी गरि ६ सय बढिको सहगाीता रहेको थियो भने कार्यक्रम विद्यालय स्तरमा निकै प्रभावकारी भएको भन्दै छत्रेश्वरी गाउँपालीकाले आयोजक संस्थाप्रति धन्यवाद प्रकट गरेको छ ।

]]>
https://janasahara.com/archives/14884/feed 0
बागचौरको मा.वि. विद्यालय लस्तम बनेचौरको व्यवस्थापन समिति अध्यक्षमा भण्डारी चयन https://janasahara.com/archives/14501 https://janasahara.com/archives/14501#respond Fri, 24 Mar 2023 14:39:08 +0000 https://janasahara.com/?p=14501 चैत १०, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. २ लस्तममा अवस्थित माध्यमिक विद्यालय बनेचौरमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

शुक्रबार बागचौर नगर सरकारका प्रवक्ता तथा शिक्षा समिति सदस्य वडा नं. २ का अध्यक्ष दिपेश डि.सी.को प्रमुख आतिथ्यतामा बसेको अविभावक भेलाले स्थानीय बुद्धिजिवी तारादेव भण्डारीको अध्यक्षतामा ६ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो ।

जेष्ठ नागरिक जिवलाल डाँगीको अध्यक्षतामा भएको भेलाबाट ६ जना सदस्यहरु निर्वाचित भएपछि तिनै सदस्यले अध्यक्षमा तारादेव भण्डारीलाई सर्वसम्मत चुनेका हुन ।

अभिभावकबाट चुनिएका समिति सदस्यहरुमा भद्र बहादुर डि.सी., बुद्धिराज के.सी., तोला के.सी., कमला के.सी. र शिक्षाप्रेमी नन्दकला सुनार रहेका छन ।
विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धि बसेको भेलामा नगर शिक्षा समिति सदस्य नवराज डि.सी., शिक्षक अभिभावक संघका अध्यक्ष भद्र बहादुर डि.सी. लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, पुर्वअध्यक्ष तथा विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीयको उपस्थिती रहेको थियो ।

]]>
https://janasahara.com/archives/14501/feed 0
छत्रेश्वरी गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न, ४९ करोड भन्दा बढि बजेट विनियोजन https://janasahara.com/archives/11015 https://janasahara.com/archives/11015#respond Thu, 23 Jun 2022 16:43:56 +0000 https://janasahara.com/?p=11015 असार ९, सल्यान – सल्यानको छत्रेश्वरी गाउँपालिकाको १२ औं गाउँसभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा भोटेचौरमा गाउँसभा सम्पन्न भएको हो ।

सभाले आगामी आर्थिक बर्ष २०७९/०८० को लागी गाउँपालिका अध्यक्ष बुढाथोकीले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष बुद्धा केसीले प्रस्तुत गरेको बजेट वक्तव्य सर्वसम्मतले पारित गरेको छ । गाउँसभाले आगामी आर्थिक वर्षको लागी कुल ४९ करोड ५१ लाख ६२ हजार ४ सय ९४ रकमको बजेट पारित गरेको छ ।
जसमा चालुतर्फ २४ करोड ५६ लाख ६२ हजार ४ सय ९४ रकम र पुजीगततर्फ ११ करोड ७० लाख ४४ हजार १ सय २१ रकम विनियोजन खर्च बजेट प्रस्तुत भएको छ ।
सदस्यहरुले दिएका सुझावहरु समेट्ने गरि सैद्धान्तिकरुपमा बार्षिक निति, कार्यक्रम र बजेट पारित भएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले बताए ।

]]>
https://janasahara.com/archives/11015/feed 0
कपुरकोट गाउँपालिका सल्यानले गर्यो आ.व.२०७९/०८० को नीति तथा कार्यक्रम पारित https://janasahara.com/archives/11010 https://janasahara.com/archives/11010#respond Thu, 23 Jun 2022 15:38:16 +0000 https://janasahara.com/?p=11010 असार ९, सल्यान – सल्यानको कपुरकोट गाउँपालिकाको  ११ औं गाउँसभाले सर्वसम्मत रुपमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित गरेको छ ।

कपुरकोट गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत तरकारी खेती, पशुपंक्षीपालन तथा बागबानीको समग्र विकासका लागि जोड दिएको छ । जसका लागि एकिकृत कृषि विकास कार्यक्रम लागू गर्ने उल्लेख छ । हरेक किसानलाई समूह तथा सहकारीमा आवद्ध गर्ने र कृषीक्षेत्रको उत्पादनको आधारमा अनुदान दिने नीति कपुरकोट गाउँपालिकाको रहेको छ ।

एघारौँ गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विवकाससँगै स्वास्थ्य, शिक्षा, उद्योग, सहकारी, पर्यटन, खानेपानी, सिंचाई, सरसफाई तथा बजार अनुगमनलाई प्राथमिकतामा राखिएको छ । यस्तै युवा तथा खेलकुद,लैंगिक समानता तथा सामाजिक समावेशीकरण, वन तथा वातावरण व्यवस्थापन, उर्जा, संचार, सूचना प्रविधिको क्षेत्रमा विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

गाउँपालिकाले अर्गानीक तरकारी खेतीका लागि अनुदान दिने नीति ल्याएको छ भने व्यवसायीक कृषि विषयलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा सार्वजनिक सेवालाई प्रभावकारी बनाउन, कला, संस्कृति संरक्षण गर्न र न्याय, शान्ति सुरक्षा तथा सार्वजनिक सम्पत्ति संरक्षणका पनि जोड दिइएकोे छ । दक्ष तथा सक्षम जनशक्तिको विकास गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्न विभिन्न योजना सञ्चालन गरिने उल्लेख छ ।

राय सुझाव संकलन कार्यक्रमबाट आएका सुझाव तथा बौद्धिक वर्ग, गाउँसभाका सदस्यहरु,विभिन्न राजनीतिक दल, संघ संस्था लगायतबाट प्राप्त रचनात्मक राय सुझाबलाई समेत ध्यानमा राखेर निति कार्यक्रम तयार गरिएको अध्यक्ष पुनले बताए । गाउँसभाको दोश्रो बैठकपछि आगामी आर्थिक वर्षको लागि बजेट पेश गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

]]>
https://janasahara.com/archives/11010/feed 0
निर्वाचन अवधि भित्र हातहतियार बुझाउन ७७ वटै जिल्ला प्रशासनकाे आग्रह https://janasahara.com/archives/8656 https://janasahara.com/archives/8656#respond Fri, 25 Mar 2022 17:22:57 +0000 https://janasahara.com/?p=8656 चैत ११ काठमाडौ – आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मध्य नजर गर्दै हातहतियार बुझाउन आग्रह गरिएकाे छ।

स्थानीय तह निर्वाचनलाई भरपर्दाे, शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्न सुरक्षा अवस्थालाई समेत मध्यनजर गरि गृह मन्त्रालयकाे निर्देशनमा हातहतियार खरखजना ऐन २०१९ काे दफा ८ बमोजिम देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुले सुचना सार्वजनिक गरि निर्वाचन समय अवधि भित्र प्रशासनलाई बुझाउन र निर्वाचन पछि पुन: फिर्ता लिने गरि चैत मसान्तसम्म बुझाउन उल्लेख गरिएको छ।

इजाजत प्राप्त गरेका जुनसुकै हातहतियारहरु नजिककाे अस्थायी प्रहरी चौकि, प्रहरी चौकि, इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ।

]]>
https://janasahara.com/archives/8656/feed 0
“२०६३ मा पार्टी कार्यालयमा चुकुल लगाई लुकेर पाँच जनाको कमिटी बनायौँ”;ईश्वरी जिएम(अन्तर्वार्ता) https://janasahara.com/archives/4799 https://janasahara.com/archives/4799#respond Fri, 10 Dec 2021 14:24:55 +0000 https://janasahara.com/?p=4799 ईश्वरी जीएम एमालेकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य। उनी ३२ की मात्र भइन् तर रोल्पाकी छोरी उनी हालै चितवनमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

२०४६ सालमा जन्मिएकी उनी ०६२ सालदेखि एमालेको राजनीतिमा सक्रिय छिन्। माओवादीले ‘आधार क्षेत्र’ दाबी गर्ने रोल्पाकी उनी  तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला अनेरास्ववियूमा आबद्ध भएकी थिइन्। 

शान्ति प्रक्रियापछि उनी विद्यार्थी राजनीति छाडेर केही समय पत्रकारिता गरिन्। त्यसबेला उनी प्रेस चौतारी रोल्पाको अध्यक्ष र पत्रकार महासंघ रोल्पाको सचिव भएर पनि काम गरिन्। उनले एमाले जिल्ला कमिटी रोल्पाको दुई कार्यकाल सदस्य र लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य भएर काम गरिसकेकी छन्। 

केन्द्रीय सदस्य जीएमसँग तेजन खड्काले गरेको संवादः

एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभयो। त्यसपछि कान्छी केन्द्रीय सदस्य भनेर चर्चा चुलिएको छ। नेता–कार्यकर्ताबाट कस्तो प्रतिक्रिया पाउनुभयो?

केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएपछि हाम्रो जिल्ला रोल्पाल गायत मलाई चिन्नुहुने जिल्लाका धेरै साथीभाइ शुभेच्छुकहरुले फोन र सामाजिक सञ्जालमार्फत् बधाई–शुभकामना दिनुभएको छ। आगामी राजनैतिक यात्राको लागि सुझाव पनि दिनुभएको छ।

धेरैजतो शुभेच्छुकहरुले उमेरले कम भए पनि काममा उत्कृष्ट हुने गरी पार्टी काममा लाग्न प्रेरणा दिनुभएको छ। काठमाडौँ केन्द्रितभन्दा पनि भूगोल (रोल्पा) केन्द्रित भएर जिल्लामा एमालेलाई बलियो बनाउन महत्वपुर्ण भूमिका खेल्न नेता–कार्यकर्ताले सुझाव दिनुभएको छ।
म उहाँहरुका सबैखाले सल्लाह–सुझावलाई सकारात्मक रुपमा लिएकी छु। आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउनेतर्फ लाग्ने छु। नेतृत्व र अग्रज कमरेडहरुले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्नेछु। म उहाँहरूलाई निराश बनाउँदिनँ भन्नेमा विश्वस्त छु।

‘माओवादी जनयुद्ध’ को आधार क्षेत्र मानिने रोल्पाबाट तपाईं सशस्त्र द्वन्द्व कालमा एमालेको विद्यार्थी राजनीतिमा कसरी लाग्नुभयो?

म ३–४ कक्षामा पढ्दाताका नै शायद् २०५३–५४ सालतिर रोल्पामा तत्कालीन नेकपा (माओवादी)को सशस्त्र द्वन्द्वले निकै उग्र रूप लिइसकेको थियो।

म वाल्यकाल सम्झन्छु– हाम्रो घरदेखि करिब एक घण्टाको दूरीमा रहेको होलेरी प्रहरीचौकीबाट माओवादी कार्यकर्ता खोज्दै गाउँमा सुरक्षाफौज गस्ती गर्न आउँथे। प्रहरीको आँखा छल्दै माओवादी कार्यकर्ताहरु गाउँमा संगठन विस्तार गर्न आरहन्थे।

बालकदेखि वृद्धसम्म सबैलाई माओवादीमा लाग्न जोडबल गर्थे– उनीहरु। भनेको नमान्नेलाई मानसिक र शारीरिक यातना समेत दिइन्थ्यो– माओवादीबाट।

त्यसबेला पनि साविक नुवागाउँ गाविसमा एमालेको पकड थियो। गाविस पनि एमालेले नै जितेको थियो।

२०५८ सालतिर सरस्वती निमाविमा अनेरास्ववियूका अमृत बुढालगायतका टोलीले म लगायतका स्कुले साथीहरुलाई गोप्य बैठक गराई प्रारम्भिक कमिटी बन्यो तर त्यसको भोलिपल्टै माओवादीका विद्यार्थी नेताहरु आएर हामीलाई धम्काए। त्यसपछि हाम्रो संगठनको गतिविधि नै हुन सकेन।

२०६२ सालको असोजतिर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन प्रचण्डसँग ६ बुँदे सम्झौताका लागि वामदेव गौतम रोल्पा आउनुभयो। माओवादीको सल्लाहमै होलेरीमा एमालेको खुला सभा भयो। गौतमले सम्बोधन गर्नुभएको थियो। त्यहाँबाट नुवागाउँ हुँदै घर्तीगाउँको ब्याङखोला प्रस्थान गर्नुभयो।

त्यही मौका छोपी हामीले नुवागाउँको अरनिको मावि अनेरास्ववियू गठन गर्‍यौँ। म  उपाध्यक्ष भएँ।

स्कुलमा एमालेको संगठन बनाएपछि माओवादी र उनका विद्यार्थी संगठनसँग धेरै बहस चल्थ्यो। हामीलाई कमिटी विघटन गरेर माओवादीमा विलय हुन दबाब दिन्थे तर हामी प्रतिवादमा उत्रेर अन्य आसपासका ४–५ वटा स्कुलमा समेत कमिटी बनाएपछि उनीहरुको दबाबले थेग्न सकेन।

एसएलसी पास गरेपछि २०६३ सालमा संगठनको सल्लाहअनुसार म र केही साथीहरु पढाइसँगै संगठन विस्तार गर्ने उद्देश्यसहित सदरमुकाम गयौँ।

लिबाङको बालकल्याण माविमा त्यो बेलासम्म हाम्रो संगठन थिएन। पार्टी कार्यालयमा चुकुल लगाई लुकेर पाँच जनाको कमिटी बनायौँ। म अध्यक्ष भएँ। अरु चार जना पदाधिकारीमा बसेँ। सदस्य बस्ने मान्छे भएन।

अर्को दिनदेखि पार्टी र अन्य माध्यम प्रयोग गर्दै विद्यार्थीहरुलाई कमिटीमा बसाल्ने अभियान चलायौँ। करिब दुई महिनापछि हामी ४० जनाजति भयौँ।

हामीले संगठन विस्तार गरेको थाहा पाएपछि अखिल क्रान्तिकारीले कोठामै आएर धम्क्याए तर हामी डराएनौँ। विस्तृत शान्ति सम्झौतापछि माओवादी शान्ति प्रक्रियामा आएपछि केही सजिलो भयो तर त्राश पछिसम्मै दिन्थे।

त्यसबेला तपाईंलाई माओवादीले ‘जनयुद्ध’ मा लाग्नुपर्छ भनेर दबाब दिएनन् ? अभियानमा हिँडाए कि हिँडाएनन्?

स्कुलबाट जबरजस्ती कार्यक्रममा त कति लगे–लगे। एकचोटी स्कुलबाट टाढैको गाउँको कार्यक्रममा जबर्जस्ती लगे। कार्यक्रम सकिएपछि फर्काउलान् नि भनेको त उतै पूर्णकालीन भएर लाग्नुपर्छ भन्न थाले। त्यसपछि हामी भाग्यौँ। उनीहरुले पछि–पछि लखेटे।

पछि हामीले पनि माथिबाट ढुंगा लडाइदियौँ। उनीहरु फकिए। अनि हामी घनघोर जङ्गलको बाटो हुँदै घरतर्फ लाग्यौँ। हामीसँगै पढ्ने धेरे साथीहरु त त्यही कार्यक्रममा हिँड्दा–हिँड्दै पढाइ छाडेर माओवादीमै पूर्णकालीन भएर हिँड्नुभयो। अहिले पछुताउनुहुन्छ– पढाइ छोडेकोमा।

०६२ सालमा अखिल क्रान्तिकारीले ‘वैकुण्ठ स्मृति संगठन सुदृढीकरण तथा विस्तार अभियान’ भनेर जिल्लाव्यापी अभियान चलायो। हामीलाई स्कुल ड्रेससँगै लगे।

अभियानमा गएका जति सबैलाई माओवादी पार्टी र अखिल (क्रान्तिकारी) को सदस्यता दिए। कमिटीको सपथसमेत ख्वाएर मात्रै बिदा गर्ने उनीहरुको योजना थियो तर हामीले मानेनौँ। मरे पनि माओवादी सदस्यता लिदैनौँ भनेर अडान राख्यौँ। १२ दिनपछि बल्ल छाडे।

सयौँको संख्यामा रहेको उक्त अभियानमा ४–५ वटा समूह विभाजनसमेत भएको थियो। एउटा समूहको उपनेता मलाई पनि तोकिएको थियो। बस्दिनँ भन्नै पाइँदैन्थ्यो।

सिकाइए अनुसार गाउँमा खाना माग्दै खाइयो। साथीहरुलाई पनि खुवाइयो। ठाउँ–ठाउँ पुगेर सार्वजनिक कार्यक्रम गर्दा ‘हामीहरुलाई जबर्जस्ती लगेका होइनन्, आफुखुशी आएका हौँ’ भनी भाषण भने। अनि मैले पनि सोहीबमोजिम भाषण गरिदिएकी थिएँ।

जिल्लाको पत्रकारितादेखि प्रदेशको पार्टी राजनीतिसम्मको यात्रा कस्तो रह्यो?

बाहिरबाट देख्नेलाई मेरो राजनीतिक यात्रा निकै सुखद्जस्तो लाग्छ तर संघर्षका भित्री कथा र यात्राहरु धेरै चुनौतीपूर्ण थिए र छन्।

विद्यार्थी राजनीति हुँदै जिल्ला पार्टीका नेताहरुले भन्नुभो, ‘एमालेको विचारलाई मिडियामार्फत् जनतासम्म पुर्‍याउने हाम्रा मान्छे भएनन्, तपाईंले लेखनमा रूचि राख्नुहुन्छ। केही समय यो क्षेत्रतिर लागी जिल्लामा हामीनिकट पत्रकारहरु उत्पादन गर्नुपर्‍यो।’

यस्तो जिम्मेवारी दिएकाले विद्युतीय सञ्चार र छापा माध्यममा जोडिएँ। प्रेस चौतारी रोल्पाको अध्यक्ष र पत्रकार महासंघ रोल्पाको सचिव भएर पनि काम गरेँ। जिल्लामा प्रेस चौतारीनिकटका थुप्रै नयाँ साथीहरु तयार हुनुभयो।

त्यसपछि म त्यो क्षेत्र नै पूर्ण रुपमा छोडेर पार्टीको इलाका कमिटी उप–सचिव हुँदै, अनेमसंघको रोल्पा जिल्ला अध्यक्ष, लुम्बिनी प्रदेश कमिटी सदस्य हुँदै केन्द्रिय सदस्य भएँ।

जिल्ला पार्टीमा दुई कार्यकाल सदस्य भएपछि लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य भएँ। पार्टीको दशाैं महाधिवेशनबाट अहिले केन्द्रीय कमिटीमा आइपुगेँ।

बाहिरबाट हेर्दा राजनीतिक रुपमा छिटो–छिटो फड्को मारेजस्तो देखिन्छ तर रोल्पाको परिवेशमा त्यो चुनौतीपूर्ण छ। विशेषगरी माओवादीकेन्द्रका धेरै प्रभावशाली नेताहरु रोल्पाकै भएकाले पनि एमालेका नेता–कार्यकर्ताहरुका लागि रोल्पा ‘गर कि मर’को अवस्थामा अझै पनि छ।

पछिल्लो समय एमाले रोल्पाका सबै नेता–कार्यकर्ता एकढिक्का भएर हिम्मतका साथ अघि बढ्दा धेरै विकास भइसकेको छ। यही सिलसिलामा मैले पनि पार्टीको जिल्ला र प्रदेश कमिटीमा बसेर आफुले सकेको र पार्टीले दिएको जिम्मेवारी पूरा गरेँ। कमिटीको हिसाबले अब हिजोभन्दा जिम्मेवारी थपिएको छ। नयाँ रणनीतिका साथ नयाँ यात्राको तय गर्नुपर्छ।

महिला, विद्यार्थी र युवालाई राजनीतिमा तान्न के–कस्ता योजना छन्, तपाईसँग?

मसँग व्यक्तिगत कार्यक्रमभन्दा पनि रणनीतिक योजनाहरु छन्। थप योजना बनाएर अघि बढ्नुपर्छ। विद्यार्थी राजनीति सबै नेता–कार्यकर्ताहरुको राजनीतिको प्रारम्भिक थलो हो।

नेपाललगायत विश्वका प्रायः सबै चर्चित नेताहरुको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको पाइन्छ। त्यसैले विद्यार्थीहरुलाई राजनीतिमा प्रेरित गर्ने, संगठित गर्ने र राजनीतीक फिल्डमै टिकाउने वातावरण निर्माण गर्न पार्टी र स्वयम् विद्यार्थी संगठनहरुले योजना बनाउनुपर्छ।

जहाँसम्म महिला र युवाको सवाल छ, उनीहरुलाई संगठित गरेर थप सशक्तीकरण गर्ने र उनीहरुलाई सैद्धान्तिक वैचारिक रुपमा निखार्नुपर्छ। क्षमता अभिवृद्धिका कार्यक्रम र क्षमताअनुसारको जिम्मेवारी दिन सकियो भने पार्टीमा महिला र युवाको संख्यात्मक र गुणात्मक रुपमा सहभागिता रहन्छ। त्यसैले म यी वर्गलाई राजनीतिमा स्थापित गर्ने सवालमा म अत्यन्तै गम्भीर भएर कार्ययोजना निर्माण कार्यमा भूमिका खेल्ने छु।

एमालेका तमाम नेता–नेतृहरूले केन्द्रीय सदस्य नपाएको गुनासो गरिरहेका छन् थर तपाईंले ३२ वर्षमै महत्वपूर्ण भूमिका पाउनुभयो। यो कसरी सम्भव भयो?

एमाले उमेरका आधारमा कम र बढी जिम्मेवारी दिने पार्टी होइन। जननेता मदन भण्डारीले २०४६ सालमा तत्कालीन मालेको नेतृत्व (महासचिव) सम्हाल्दा जम्मा ३७ वर्षको हुनुहुन्थ्यो। उहाँले पार्टी निर्माणमा खेलेको भूमिकालाई आत्मसात गर्दै उमेरले उहाँभन्दा सिनियर थुप्रै कमरेडहरुसदस्य भएर बस्नुभएको इतिहास सुरक्षित छन्।

मैले यो प्रसङ्ग किन जोडे भने पार्टीमा भूमिकाअनुसारको जिम्मेवारी तय हुन्छ। पार्टी र संगठन निर्माणको सवालमा खेलेको भूमिकाकोे मूल्यांकन गरेर होला सायद् अहिले केन्द्रीय कमिटीमा म लगायत थुप्रै ४० वर्षमुनिकाले पनि केन्द्रीय कमिटीमा जाने अवसर पायौँ।

पार्टी र नेतृत्वले मलगायत हामीलाई विश्वास र भरोसा गर्दै यो जिम्मेवारी सुम्पिएको होला भन्ने लाग्छ। केन्द्रीय कमिटीमा नपर्नुभएका कमरेडहरुलाई कुन जिम्मेवारी दिएर पार्टी काममा लगाउने भन्ने विषयमा पार्टी नेतृत्वले पनि योजना बनाउँछ।

फेरि हामी सधैँका लागि केन्द्रीय सदस्य पनि होइनौँ। पार्टीले आशा, भरोसा र विश्वास गरेर दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न सकेनौँ भने त एघारौँ महाधिवेशनले बिदा गर्छ नि ! त्यसैले पार्टी निर्माणमा निरन्तर लागिपर्ने सबैको पालो आउँछ। पाएको जिम्मेवारीलाई गर्न दत्तचित्तका साथ लाग्नुपर्छ।

]]>
https://janasahara.com/archives/4799/feed 0
दार्मा गाउँपालिका प्रति विवादित विषयकाे अध्यक्षकाे जवाफ सहित संक्षिप्त संवाद https://janasahara.com/archives/1625 https://janasahara.com/archives/1625#respond Thu, 28 Jan 2021 02:01:06 +0000 https://janasahara.com/?p=1625 माघ १५ सल्यान – दार्मा गाउँपालिकाकाे हरेक काम प्रति अहिले सामाजिक संजालमा विविध विषयलाई आधार बनाई चर्काे विराेध भएको छ।

त्यहि कुराकाे आधार मानि जनसहारा अनलाइनले दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी संग केही छाेटाे संवाद गरेकाे छ।

जनसहारा- वडा न.५ काे जग्गा प्रकरण के हाे ?

अध्यक्ष – याे भन्दा अगाडि कतिपय व्यक्ति र मिडियाले कुनै जानकारी हामीबाट नलिएर आफ्नाे मनपरि तरिकाले पालिकालाई विवादमा तानेका छन त्यसमा मेराे आपति छ। अनि याे जग्गा खरिद प्रकरणमा उजुरी परेकाे थियाे तर त्यसकाे कुनै अर्थ छैन खेलाचि हाे।

जनसहारा- जग्गा विवाद कसरी आयाे,पालिकाकाे केही कमजोरी थियोे कि?

अध्यक्ष- यसमा पालिकाकाे कुनै दाेष छैन। वडाले चार किल्ला तोकेर जग्गा माग्यो, जग्गा चार किल्ला बाहिर परेको कुरा छानबिन र नापजाँच टोलीले प्रतिवेदन पेश गर्यो र सूचना बदर गर्न भन्यो साेहि अनुसार वडाले याे सुचना बदर गरेर अर्काे सुचना जारी गर्याे। नापजाँच टाेलिले अनुमति नदिएरै हामीले निर्णय लिने हुदैन त्यसकारण हामीले नापजाँच टाेलिकाे प्रतिवेदन अनुसार काम गरेका छौ ।

जनसहारा- उजुरीकाे फैसला भइसकेको छ वा छैन के छ?

अध्यक्ष – वडा र गाउँपालिका ले सबै विधि प्रक्रिया पूरा गरेको छ। सिडिपी कार्यालयले प्रक्रियाकाे कागजात सहित अनुगमन गर्याे तर सबै हाम्रो प्रक्रिया सहि नै भएको ठहर गर्दै उक्त मुद्दा स्वत खारेज हुने बताएको छ र अब पालिकाले नै हल गर्नेे गरि परिपत्र पठाएको छ।

जनसहारा- अब जग्गा विवादकाे समाधान के छ ?

अध्यक्ष – नयाँँ सुचना अनुसारको चार किल्ला भित्र आबश्यक जग्गा प्राप्ति भएको छ। अब त्यही जग्गा पास हुन्छ।

जनसहारा- नाचगानमा पनि कराेडौ खर्चिएकाे भन्ने कुरा आएकाे छ खास के हाे ?

अध्यक्ष – यसमा कुनै सत्यता छैन भ्रम छर्न खाेजिएकाे हाे। हामीले पुराना स्थानीय कला संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले दार्माली घाउटालाई स्थापित गर्नेे याेजना अनुरुप गरेका हौ। उक्त समयमा तीन लाख जति व्यवस्थापन खर्च बाहेक अरु छैन र यस्ता भ्रमात्मक कुराकाे विश्वास नगर्न पनि सबैमा आग्रह गर्दछु।

जनसहारा – अनि रंगशाला पनि भनिएकाे छ यसकाे के हाे ?
अध्यक्ष – हामी कानुनी सम्मत नै काम गरेका थियौ केही पक्षले अख्तियारमा मुद्दा दिएछन अख्तियार आएर अनुसन्धान गर्याे कुनै त्रुटि नभएको भन्दै मुद्दा खारेज गरेकाे छ।

यस्तै केही विवादित कुराकाे गाउँपालिका अध्यक्ष निम बहादुर केसीले सामाजिक संजाल फेसबुक मार्फत पनि जवाफ सहित स्पष्ट पारेका छन। उनी लेख्छन्:

हाम्रा शुभ चिन्तक मित्र एबं मिडियाहरुले दार्माकाबारे केही व्यक्तिहरूद्वारा फैलाइएका भ्रम र आलोचनाका सम्वन्धमा चिन्ता र जिज्ञासा राख्नु भएको छ, केही प्रश्नहरु पठाउनु भएको छ, यसबारे सार्वजानिक जवाफ माग्नु भएको छ, उहाँहरुको चासो, चिन्ता र सद्भावको सम्मान गर्दै सबैका चासो, चिन्ता र प्रश्नलाई सबैका लागि म एकमुष्ठ सार्वजानिक जवाफ दिन चाहान्छु:-

१) पहिलो कुरा,
सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको भन्ने कुरा नै गलत हो, एकाध व्यक्तिले नितान्त कपोलकल्पित आरोपहरु बनाएर भ्रम सिर्जना गरेका मात्र हुन्। त्यसको कुनै तुक,प्रमाण र अर्थ छैन। गलत उद्येश्यले गलत अफवाह फैलाउने धृष्टता मात्र गरिएको छ।

दोस्रो कुरा,
आलोचना कस्ताे मान्छेबाट भइरहेको छ भन्ने कुरा हो, आम जनता र सचेत नागरिकको तहबाट हैन, जनताबाट बहिष्कृत, समाजबाट तिरस्कृत र विगतमा आफूले भ्रष्टाचार गरे/गराएर खाइपाई आएका केही मुठ्ठीभरहरुले त्यसको स्वाद लिन नपाएर, भ्रष्टाचार गर्न नपाएर गरिएको झोंक र छटपटिको अभिव्यक्ति मात्र हो। अरूलाई पनि आफू जस्तै भ्रष्ट देख्ने मनोदशा बाहेक अरु केही होइन। मलाई एउटा मात्र जनता वा सचेत नागरिकको उदाहरण दिनुस्, कसले भनेकाे छ दार्मामा भ्रष्टाचार भयाे, जनविरोधी काम भयाे या जनतालाई दुःख दिइयो भनेर???

तेस्रो कुरा,
यदि भ्रष्टाचार नै भएको भए,जसले दार्मामा भ्रष्टाचार भयाे भन्नुहुन्छ, उहाँहरूले नै यो तीन बर्षको अवधिमा अख्तियारमा दर्जनौं मुद्दा दिएर अनावश्यक दुःख दिइरहनु भएको छ,अख्तियारले स्थलगत अध्ययन गर्यो, छानबिन गर्यो, सबै नियम अनुसार नै भएको बतायो, अहिले पनि मुद्दा दिइरहनु भएकै छ, अझै प्रत्येक योजनामा अख्तियारमा मुद्धा दिने भनेर सार्वजानिक अभिव्यक्ति दिइरहनु भएको छ, त्यसको छानबिन,फैसला र कारबाही गर्ने निकायले यसकाे सही निर्क्यौल गर्ला, यदि जनताकाे पैसामा अनियमितता र भ्रष्टाचार गरेको भए, गर्नेहरू कारवाही पर्लान्, जेल जालान्। तर सामाजिक सञ्जाल र अमूक व्यक्ति त न्यायाधीश हैन नि, कसैले पनि कानुनलाई हातमा लिएर कुनै पनि व्यक्ति वा संस्थाको सार्वजानिक बेइज्जत गर्न छुट त अवश्य दिएको छैन।

चौथो कुरा,
काम गर्दा केही गल्तीहरू हुनसक्छन्, काम गर्दै, गल्तीबाट पाठ सिक्दै हामी अघि बढ्ने हो, नियतवश र योजनाबद्ध रूपमा पो गल्ती गर्ने होइन। काम नगर्नेको एउटै गल्ती हुन्छ कि यसले काम गर्न सकेन तर काम गर्नेका हजार गल्ती हुन सक्छन्। जानी जानी गल्ती गर्नु हुँदैन, गल्ती दोहोर्याउनु हुँदैन, गल्तीहरूबाट शिक्षा लिएर अघि बढ्नु पर्छ। जनता र सचेत नागरिकको तहबाट आउने रचनात्मक सुझाव र तथ्यपूर्ण आलोचनालाई हामीले निसंकोच ग्रहण गर्नुपर्छ र सच्याउनुपर्छ, आबश्यक परेमा जनतासित माफी पनि माग्नुपर्छ।

दाेस्राे खण्ड
२) सामाजिक सञ्जालमा केही व्यक्तिहरूद्वारा लगाइएका सबै आरोपहरु तथ्यहीन, पूर्वाग्रही, कपोलकल्पित र अर्थहीन छन्। यी सब बनिबनाउ हुन्। बाँकी जाे जसले सामाजिक सञ्जालमा रचनात्मक सुझाव र आलोचना गर्नु भएको छ, उहाँहरुलाई हार्दिक धन्यवाद छ र त्यसलाई ग्रहण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु। मैंले भनें काम गर्ने क्रममा केही स्वभाविक कमी कमजोरी जरुर हुन्छन्। शतप्रतिशत सही वा खराब वस्तु वा व्यक्ति यो दुनियाँमा पाउन सकिँदैन। बिकास निर्माण, दैनिक प्रशासन लगायत नियमित कामकाज नियम अनुसार नै भएको छ। नियम कानुन भन्दा बाहिर गएर गरेको एउटा मात्र प्रमाण पेश गर्न म सम्बन्धित आरोप लगाउने महोदयलाई अनुरोध गर्दछु। लेख्न त जे पनि सकिन्छ, आरोप लगाउन त जति पनि सकिन्छ, मुख्य कुरा त्यो तथ्य र प्रमाणका आधारमा हुनुपर्यो। सही र सत्य हुनुपर्यो। धमिलो पानीमा माछा मार्ने बदनियतले गरिएका तथ्यहीन आलोचनाको जवाफ खोजेर/दिएर समय खर्च गर्नुभन्दा आफ्नो जिम्मेवारी पूरा गर्नु बुद्धिमानी हुन्छ।

३) बितेको ३ वर्षमा हामीले पुर्वाधार विकास,आर्थिक तथा मानव संसाधन विकासमा ३ दसकमा हुन नसकेका काम भएको सगर्व सप्रमाण सातौं गाउँसभाबाट पारित गरेर लिपिबद्ध गरेका छौ, त्यहाँबाट तपाईंहरूले विस्तृत जानकारी लिन सक्नुहुनेछ।
भावी दिनमा हामी दार्मा विद्युतीकरण, पालिका सडक संजालको स्तरीकरण, पालिका अस्पताल निर्माण, खानेपानी तथा सरसफाई,विशेष शैक्षिक सुधार, दूध पकेट क्षेत्र, कृषि उत्पादन पकेट क्षेत्रको विकास लगायतको अभियानमा केन्द्रीत छौ।

४) सीमित स्रोत,साधन र बजेट तथा असीमित आवश्यकता बीचको अन्तरद्वन्द्वको चपेटामा हामी छौँ, तैपनि दीगो एबं तीब्र विकासका लागि हामी भगीरथ प्रयत्नमा छौं, दशकौंदेखि पछि पारिएको दार्मा र सल्यानलाई माथि उठाउन सबैले सकारात्मक योगदान गरौं।

]]>
https://janasahara.com/archives/1625/feed 0
मेरो लास माथि नरोऊ, जाउ मेरो आवाज लिएर सिंहदरवार https://janasahara.com/archives/1298 https://janasahara.com/archives/1298#respond Wed, 25 Nov 2020 04:26:28 +0000 https://janasahara.com/?p=1298 बमबारुदका कर्कस ध्वनीले
गुन्जायमान तिम्रा कान
अबोध तोतेबोलीले लगाएको
चीत्कार किन सुन्थ्यो?
कुर्सी र पदको कुर्सी रेस
चलेको संसद भवनमा
आरक्षणको भागवण्डामा
लुछाचुंडी गरिरहेका तिम्रा
दिव्यदृष्टिले गिट्टीवालुवा र
ढुंगाको कोप्चामा मलाई लुछिरहेको
कारुणिक दृश्य तिम्रा दृष्टिले
किन देख्थ्यो?
बग्गी सवारी गर्ने तिम्रा पाउहरु
संसद भवनमा ए सी नचल्दा
सास फेर्न गाह्रो हुने तिम्रो फोक्सो
अनि तिम्रा महिला शशक्तिकरणका
भाषणहरु
सबै निकम्मा भए नेतृहरु
मेरो चित्कारले शितलनिवासको
निद्रा खलबल्याउनै सकेन।
चीत्कार सुन्नेहरु निर्जिव भए।
सिंहदरवार चिर नीद्रामा सुत्यो
टेबुल ठोक्नेहरु कुर्सीको प्रेममा
मन्त्रमुग्ध भए।
मेरो चीत्कार खोलाको कलकलामा
रुमलियो,बनका चरीहरुको कोलाहलमा
विलय भयो।हो म बिलाईएं आमा म बिलाएं।
आमा,बा
अब मेरो लास माथि नरोऊ
जाउ मेरो आवाज लिएर सिंहदरवार
जहाँ मजस्ता छोरीका बा आमा
निदाईरहेका छन् तिनलाई उठाउ।

]]>
https://janasahara.com/archives/1298/feed 0
जर्मन मगर समाज हाम्बर्गबाट म्याग्दी बाढी पीडितलाई सहयोग(फाेटाे फिचर सहित) https://janasahara.com/archives/1027 https://janasahara.com/archives/1027#respond Mon, 19 Oct 2020 02:57:59 +0000 https://janasahara.com/?p=1027 कात्तिक ३ म्यादी – गत असार पच्चिस गत्ते म्याग्दीको धवलागिरी गाउँपालिका ६ मरङ्ग र मालिका गाउँपालिका ७ बिममा गएको बाढी पहिरोले धेरैलाई बिछोड बनायो त कतिलाई घरबार बिहिन समेत बनायाे।

धेरैले यो सरदमा भित्र्याउने अनाज भित्र्याउन पाएनन भने, वर्षेनी संगै मनाउदै आएको यो दशै संगै मनाउन नपाउदा पिडाले विक्षिप्त भएका मनहरुलाई मलम पट्टी लगाउन बढी पहिरोबाट प्रभावित ६८ घरपरिवारलाई जर्मन मगर समाज हाम्बर्गले आउँदै गरेको दशै खर्च भनी राहत वितरण गरेकाे छ।

कार्तिक १ गत्ते बढी पहिरो प्रभावित धवलागिरी गाउँपालिका ६ मरङ्ग र मालिका गाउँपालिका ७ बिममा जर्मनिबाट जर्मन मगर समाज हाम्बर्गको प्रतिनिधित्व गरी दानु राना मगरले स्थलगत अनुगमन गरी सहयोगकाे याेजना थालिएको थियाे। सहयाेग पाउदा पिडितहरुको ओठमा मुस्कान छाएको छ भने कोरोना महामारीबाट सुरक्षित रहन हाम्रो टिम नेपालबाट हजार पिस माक्स बितरण गर्दा पीडितहरु अत्यन्तै खुशी हुँदै धन्यवादको पुष्प गुच्छा दिएको बताइएको छ। थप स्थलगत रिपोर्ट सहितकाे भिडियो न्युज ग्यालरी नेपाल युटुव च्यानलबाट सार्वजनिक गरिने भएको छ।

फाेटाे फिचर हेर्नुहाेस:

 

 

 

]]>
https://janasahara.com/archives/1027/feed 0
राष्ट्रपतिलाई बिन्तिपत्र https://janasahara.com/archives/974 https://janasahara.com/archives/974#respond Sun, 11 Oct 2020 02:25:05 +0000 https://janasahara.com/?p=974 राष्ट्रपति आमा
मेरो बिन्तिपत्र दर्ता गर्ने शाखा कता छ?
म माथि भयका अत्याचारका बुंदाले
एक रिम कागजका पाना भरिय।
दिनहुुँ निवेदन लेख्छु
विन्तीपत्र लेख्छु
बिन्तिपत्र कोखिलामा च्यापेर
अड्डाअदालत धाउंछु
कसैले मेरो बिन्तिपत्र दर्तै गरेनन्।

राष्ट्रपति आमा
मेरो निवेदन यो छ कि
म र म जस्तै योनी बोकेका छोरीहरु
हजुर जस्तै सुरक्षित बांच्न पाउँ
खुला हावामा स्वच्छ सास लिन पाउँ।
राष्ट्पति आमा

बाहिर निस्कंदा गिद्धे नजर लाउदै
दाउ हेरेर बसेको राक्षसले
कैले उखुबारीमा त कैले बांसको झाङ्मा
कैले मन्दिर भित्र त कैले पातीको झाडीमा
मेरो अस्मिता लुटिरह्यो
दण्डसजायका लागि गुहार मागें
बिन्तिपत्र लेखें तर
घरको आँगनमा पन्च बसेर
मेरो अस्मिताको मूल्य गर्दै रहे
अखा बांधेकी आमाले तराजु उचालिन्
मेरो अस्मिताको पल्ला माथि गयो।
मेरो बिन्तीपत्र बदर भयो।
राष्ट्रपति आमा

बाहिर नजर डुलाउंछ
घरभित्र हेर्छ अनि चकलेट थमाईदिन्छ
सट्टामा मेरो योनी च्यातिदिन्छ
फेरि मेरो गला दबाउंछ
बल्लबल्ल फुत्किन्छु
अनि बिन्तिपत्र लेख्छु
प्ररहरी  अंकलले सोध्नुहुन्छ
किन छोटा लुगा लाएकी त?
उसले तंलाई माया गरेको बुझिनस्?
अनि कसरी लुट्यो तंलाई
यसरी भन्दै मेरो बदन छुन्छ
अनि मेरो बिन्तिपत्र बदर हुन्छ।
राष्ट्रपति आमा

मेरो आफन्त बनेर आयो
मेरो हात समायो काखमा राख्यो
एक्लो पार्यो झाडीमा लग्यो
मलाई चिथोर्यो कोपर्यो
मेरो बालापनमा आगो लायो
मेरो गरिबीसंग आफ्नो वासना साट्यो
बिन्तीपत्र लेखें
गाउंँले र पुलिसको रोहबरमा
समाजका ठालुहरुले च्यादरले ढाकेर
सुरक्षित ससम्मान घर पुर्याए
मेरो बिन्तिपत्र बदर भयो।
राष्ट्रपति आमा

अब मेरो बिन्तिपत्र दर्ता गर्ने
अफिस कहाँ छ मलाई देखाईदिनु
मेरो बिन्तिपत्रमा बहस हुने अदालत
निर्माण गरिदिनुस्।

नत्र
राष्ट्रपति आमा
छोरी नजन्माउने अध्यादेश
पारित गरिदिनुस्
समाजको गिद्धेनजरबाट बाँच्ने
एउटा असल समाजको नार्माण गरिदिनुस्
राष्ट्रपति आमा
मेरो बिन्तिपत्र बुझाउने अफिस खोलिदिनुस्।

लेखक देवि काफ्ले काठमाडौं निवासी हुन । हाल न्युजिल्यान्डलाई कर्मथलाे बनाएकी काफ्लेले प्रायःजसो यस्तै समाजलाई सन्देश दिने लेखमा तथा साहित्यक विधामा कलम चलाउछिन । अझ सामाजिक काममा हौसला र अन्याय अत्याचारकाे विरुद्धमा स्वतन्त्र आफ्नै साहित्यक कलमबाट दबाब दिन्छिन – सम्पादक

]]>
https://janasahara.com/archives/974/feed 0
कस्ता व्यक्तिले गर्न सक्छन बलात्कार ? https://janasahara.com/archives/882 https://janasahara.com/archives/882#respond Wed, 30 Sep 2020 14:52:03 +0000 https://janasahara.com/?p=882 बलात्कारका घटना हुनुको मनोवैज्ञानिक कारणहरु यस्ता छन !

पछिल्लो समय हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन।
भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलात्कार पछि हत्या भयो ।
कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलात्कारका घटनाहरु बढेर गएको देखिन्छ।
यस्ता घटनाहरु किन हुन्छन? यसका पछाडीको मनोबैज्ञानिक कारणहरु के के हुन सक्छन हेर्नुहोस …

असामाजिक ब्यक्तित्ब : जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । यस्तो व्यक्तितब संग सम्बन्धित मानसिक रोग लागेका व्यक्तिहरुले आफ्नो घरपरिबार र समाजमा जो सुकैलाई पनि दुख दिने , सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या बलात्कार गर्न समेत पछि नपर्ने आदि जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।

यौनको लत : यौनको लत लागेका व्यक्तिहरु यौन प्रति अति नै आशक्त हुन्छन । कति गर्दा पनि उनिहरुमा यौनको प्यास मेटिदैन । यस्तो यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त पनि नभन्न सक्छन ।

अप्राकृतिक यौन व्यवहार : जसले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ , यस्ता ब्यक्तिले अरुको भावना बुझ्न सक्दैनन र स्बभाबिक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलात्कार गर्ने पनि सम्भावना हुन्छ ।

नैतिक पतन : नैतिक रुपमा पतन भएका व्यक्तिहरु जसले पशु भन्दा तल्लो व्यवहार गर्न सक्छन । यस्ता नैतिक रुपमा पतन भएका व्यक्तिबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन ।

यौन कुण्ठा : अविवाहित, श्रीमतिबाट यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएको ब्यक्तिले पनि बलात्कार गर्न सक्छ । लागू पदार्थकाे सेवन गर्दा व्यक्तिले विवेक र चेतना गुमाउन सक्छ र बलात्कार गर्न पुग्छ ।

पोनोग्राफी र साईबर सेक्सको लत : पोनो ग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क , दाजुले बहिनिसगँ शारिरिक सम्बन्ध , आदिजस्ता शिर्षकमा अस्लित भिडियो धेरै भेटिन्छन । यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको व्यक्ति नैतिक रुपमा पतन भै हाडनाता करणी गर्न सक्छ ।

मानसिक रोग : मेनिया जस्तो कडा मानसिक रोग लागेको व्यक्ति सधै उत्तेजित हुन्छ । उसको व्यवहार र विचार पनि अव्यवहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो नि देखिदैन । उसको शरिरमा शक्ति पनि बढेर आउँछ । यौनको आबेग पनि तिब्र् हुन्छ । जसलाई उ नियन्त्रण गर्न सक्दैन र बलात्कार पनि गर्न सक्छ ।

शरिरिक कारण : शरिरमा सेक्स हर्मन बढदा यौन चाहना बढन गई , आफुलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलात्कारका घटना हुन पुग्छ ।

अति बिश्बास गर्नु : घर परिबारका सदस्य बिच चाहिने भन्दा बढि घनिष्टता , अति बिस्बास र नाता अनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्त बिच नै करणीका घटना हुन सक्छन् ।

मनोबैज्ञानिक असर : सानोमा यौन दुर्ब्यबहारमा परेको व्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।

यौन अनुशासन नहुनु : सानैबाट यौन अनुशासन नभएको , पतित , बिखण्डित , अनुशासन हिन , चरित्र हिन घर परिवार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलिन हुन सक्छ । यी र यस्ता अन्य धेरै यौन समस्या ( बिचलन) , मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबर्जस्ती करणी गर्न सक्छ ।

यस्ता व्यक्तिलाई मानसिक रुपमा स्वस्थ व्यक्ति मान्न सकिँदैन । किन कि मानसिक रुपमा स्वस्थ व्यक्तिले समाजले स्विकारेमा मात्र काम गर्छ । काम गर्नु अगाडि परिणामको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको व्यक्ति मानसिक स्वास्थ्यका हिसाबले रोगी मानिन्छ ।

लेखक गाेपाल ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन् ।

]]>
https://janasahara.com/archives/882/feed 0
नेपाल टेलिकम जाजरकोट निमित्तकाे भरमा, प्रमुख दाङमा हाजिर https://janasahara.com/archives/820 https://janasahara.com/archives/820#respond Thu, 24 Sep 2020 13:46:09 +0000 https://janasahara.com/?p=820 अश्विन ८ जाजरकोट –  नेपाल टेलिकम दुरसंचार कार्यालय जाजरकोट चार महिना देखि कार्यालय प्रमुख विहिन भएको छ । कार्यालय प्रमुख युद्ध बहादुर केसी गत अषाढमा घर गएदेखि कार्यालय प्रमुख विहिन भएको हो । दाङ घर भएका केसी अषाढमा घर गएको र हाल सम्म कार्यालयमा उपस्थित नभएको कार्यालयले जनाएको छ । कार्यालयमा हाल वरिष्ठ सहायक लोकेन्द्र भण्डारीले निमित्त प्रमुखको रुपमा काम गरिरहनु भएको छ ।

भण्डारीले निमित्त कार्यालय प्रमुख संगै लेखाको काम पनि आफैले गरिरहेको जानकारी दिनु भएको हो । कार्यालय प्रमुख केसी कोरोना भाइरसको कारणले दाङमै हाजिर हुने गरेको भन्दै कार्यालयमा आउने कुनै टुङ्गो नभएको उहाँको भनाई छ । टेलिकमको सेवा प्रभावकारी नहुँदा स्थानीय आक्रोशित भएका छन । जिल्ला सदरमुकाममै फोन र इन्टरनेटले काम नगर्दा सरकारी तथा अन्य कार्यालयका काम समेत प्रभावित हुने गरेका छन । सेवा प्रभावकारी नहुनु र चार महिना सम्म कार्यालय प्रमुख उपस्थित नहुँदा जनगुनासोको सुनुवाइ समेत नभएको स्थानीयको भनाई छ ।

जाजरकोट लगाएतका जिल्लाहरुमा नेपाल टेलिकमका कुनैपनि सेवा प्रभावकारी छैनन भने सेवाग्राहीले माग अनुसार फोन तथा इन्टरनेट जडान गर्न समेत पाएका छैनन । सेवाग्राहीले आवश्यक भएको ठाउँमा फोन तथा इन्टरनेटको लाइन दिन नसकेको स्थानियले बताएका छन । कार्यालयको कामका लागि इन्टरनेट जोड्न लाइन माग गरेकोमा टेलिकमले त्यहा लाइन दिन नसकिने बताएको भेरी नगरपालिका ३ का वडा सचिव उपेन्द्र जंग शाहले बताउनु भएको छ । माग अनुसार सेवा प्रवाह गर्न नसक्नु टेलिकमको लाहपरवाही भएको वडा सचिव शाहको भनाई छ ।

]]>
https://janasahara.com/archives/820/feed 0
राहत लियर बाग्लुङ उडेका गृहमन्त्री पाेखरा अवतरण https://janasahara.com/archives/643 https://janasahara.com/archives/643#respond Thu, 03 Sep 2020 11:48:33 +0000 https://janasahara.com/?p=643 भाद्र १८ काठमाडौ – सेनाको हेलिकप्टरमा बाढीपहिरो पीडितलाई राहत सामग्री लिएर बागलुङको ढोरपाटन जाँदै गरेका गृहमन्त्री रामबहादुर थापा मौसम खराब भएपछि पोखरा फर्किएका छन् ।

ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ । २५ जना सम्पर्कविहीन छन् । बाढीपहिरो पीडितलाई भेट्न गृहमन्त्री थापा बिहीबार काठमाडौंबाट ढोरपाटनका लागि सेनाको हेलिकप्टरमा उडेका थिए ।

मौसम प्रतिकुल भएपछि उनी सवार हेलिकप्टर बाढीपहिरो आएको स्थलमा पुग्न नसकी पोखरा फर्किएको विमानस्थलमा खटिएका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए । गृहमन्त्रीको टोली मौसम खुल्ने प्रतीक्षामा विमानस्थलमै रहेको उनले जनाए । टोलीमा सांसद देवेन्द्र पौडेलसमेत छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान पनि अर्को हेलिकप्टरमा बिहीबार नै ढोरपाटन जाने तयारीमा छन् ।

]]>
https://janasahara.com/archives/643/feed 0
प्रकृतिले लुटिएको सिन्धुपाल्चोक , आज बिहानै पुरिए ४ घर https://janasahara.com/archives/593 https://janasahara.com/archives/593#respond Sun, 30 Aug 2020 05:04:54 +0000 https://janasahara.com/?p=593 भाद्र १४ सिन्धुपाल्चोक – आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ।

पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ।

घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिए। केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरोमा परेको बोहोराले जानकारी दिए। घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धारका लागि भर्खरै पुगेकाले क्षतिको विवरण आउन बाँकी छ।

पीडितहरुका लागि प्रदेश सरकारले आवश्यक सबै व्यवस्थापन गर्ने घटनास्थल पुगेका वाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले बताए।

]]>
https://janasahara.com/archives/593/feed 0
दुबईमा अलपत्र २६२ नेपाली काठमाडौ आइपुगे https://janasahara.com/archives/518 https://janasahara.com/archives/518#respond Mon, 24 Aug 2020 04:28:57 +0000 https://janasahara.com/?p=518 भाद्र ८ काठमाडौ – नेपाल वायुसेवा निगमले दुबईमा अलपत्रमध्येका २ सय ६२ नेपाली कामदारलाई आइतबार उद्धार गरी काठमाडौं ल्याइपुर्‍याएको छ ।

साँझ ७ बजे काठमाडौं उत्रिएको विमानमा दुई शिशु र एक नेपालीको शवसमेत ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । गत सोमबार दुबई पुगेर पनि निगमको वाइडबडी विमान यी यात्रुलाई नल्याई रित्तै काठमाडौं फर्किएको थियो ।
आइतबार बिहान साढे ९ बजे काठमाडौंबाट उडेको वाइडबडीमार्फत १ सय ६४ यात्रु र एक शिशुसमेत दुबई उत्रिएका थिए । आइतबार नै त्रिभुवन विमानस्थलमा योसहित चारवटा चार्टर उडान भए । जसमा हिमालय एयरलाइन्सका दुईवटा विमान मेडिकल कार्गो लिन साँझ चीनको कुन्मिङ गएका थिए । बिहान रसियन भोल्गा डेनेपर एयरलाइन्सको कार्गो विमान इलुजन–७६ श्री एयरलाइन्सका दुईवटा हेलिकप्टर ल्याएर काठमाडौं आएको थियो ।

यस दिन आन्तरिकतर्फ पाँचवटा चार्टर उडान भए । जसमा तारा एयरको विमान कार्गो लिएर लुक्ला गएको थियो भने सीता एयरको विमान ८ जना यात्रु लिएर नेपालगन्ज पुगेको थियो । त्यसैगरी प्रभुको हेलिकप्टर पोखरा, एयर डाइनेस्टीको विराटनगर र मनाङ एयरको हेलिकप्टर लुक्ला प्रस्थान गरेका थिए ।

]]>
https://janasahara.com/archives/518/feed 0
प्युठानमा पनि सलह किराकाे पुनः प्रवेश, किसानहरु चिन्तामा https://janasahara.com/archives/358 https://janasahara.com/archives/358#respond Mon, 10 Aug 2020 05:28:26 +0000 https://janasahara.com/?p=358 श्रावण २६ प्युठान  – जिल्लाकाे स्वर्गद्वारी नगरपालिकामा संगै अन्य ठाउमा सलह दाेस्राे पटक प्रवेश गरेकाे छ । स्वर्गद्वारी नगरपालिका वडा न: २ खालमा अझ बढि मात्रामा देखियकाे छ ।

केही दिन अगाडि हावाहुरीले मकैमा क्षति पुर्‍याएर चिन्तामा रहेका किसान अहिले सलह पनि प्रवेश गरेपछि झन चिन्तामा रहेका छन । सलह भगायउनकाे लागि थालि,ड्रम ठटाउने र ठुलाे स्वरमा मान्छे कराउने, आगाे धुवा पुत्ताउनमा नै किसानहरु व्यस्त देखिन्छन् ।

मकैमा घाेगा लाग्ने समयमा नै हावाहुरी र सलहले एकै साथ क्षति पुर्‍याउन थाले पछि याे वर्ष मकै उत्पादमा कमि आउन सक्ने किसानहरुकाे अनुमान छ ।

]]>
https://janasahara.com/archives/358/feed 0
मन्त्री ज्यु, तपाईंको गाेठ हाम्रो दरबार https://janasahara.com/archives/289 https://janasahara.com/archives/289#respond Tue, 04 Aug 2020 04:46:06 +0000 https://janasahara.com/?p=289 राणाशासन, प्रजातन्त्र, पंचायत, बहुदल, निर्दल, लोकतन्त्र, गणतन्त्र । यी सबै तन्त्रहरु जुन भय पनि शासन त जनता मााथि नै गर्ने हो । कुरा यति हो कि कुन शासनमा जनताले आफ्ना मौलिक हकअधिकार प्रयोग गर्न पाएका छन् कि छैनन् ? मानिसलाई बाँच्न तिनकुरा नभै हुदैन ती हुन्– गाँस, बाँस, कपास । मौलिक र नागरिक अधिकार कति प्रयोग गरेका छन् ?

जहानीया राणा शासनमा सर्वसाधारणले कुनै पनि हक अधिकार प्राप्त गर्न नपाएकोले राजा सहित जनताका केही नेतृत्व वर्गले कठिन राणा बिरोधि आन्दोलन शुरु गरे । दशरथ चन्द, धर्मभक्त, शुक्रराज, गंगालाल जस्ता होनहार राष्ट्रप्रेमीले आफ्नो ज्यान बलिदान दिए।कैयौं ब्यक्तिहरुले देश निकाला हुनुपर्यो,राजा त्रिभुवनले गद्दी त्याग्नु प¥यो । यी सबैको बलिदानीले आज स्वतन्त्र नागरिक भएर बोल्न हिड्न पाएका छौं।सुब्बा कृष्णलाल अधिकारीले राणाको गद्दि ताकेको आरोपमा जेलमा नै मर्नु पर्यो । समग्रमा जनतामाथि थिचोमिचो भएकै कारण राणा बिरुद्ध बिद्रोह भयो ।

राणा शासन पतन पछि पंचायती ब्यावस्थामा पनि जनता रैती नै बने । पंचायतका बिरुद्ध कांग्रेस,कम्युनिष्ट दल बने । यी दलहरुको मुख्य लक्ष्य जनतालाई मौलिक अधिकार दिलाउनु,अर्थात् जनताको शासन ल्याउनु नै थियो।जनता बिभेदले आक्रान्त थिए । देशमा जातिय विभेद, सांस्कृतिक विभेद, भौगोलिक विभेद, सबैभन्दा ठूलो विभेद भनेको वर्गिय विभेद यथास्थिति मा नै रहेकोले र जनताको स्वतन्त्र बोल्न पाउने अधिकार माथि पनि प्रतिबन्ध भयकाले फेरि जनता आन्दोलित भए । हरेक आन्दोलन पछि केही न केही अधिकार प्राप्त त भयो तर पनि पुर्णरुपमा जनता शाशित राज्य भएन । अथवा यहाँ अब राजाको आवस्यकता देखियन र फेरि आन्दोलन भयो । लोकतन्त्रको स्थापना भयो । जनआन्दोलनमा फेरि जनताको रगत बग्यो । उनिहरुको रगत यसकारण बगेको थियो कि सबैभन्दा ठूलो वर्गिय विभेद हटाउनुको लागि ।

२०५२ सालदेखि शुरु भएको माओवादी जनयुद्ध गणतन्त्रको लागि थियो । अहिलेका अधिकांश सरकारका मन्त्रीहरु हिजोको त्यहि जनयुद्ध लडेर आएकाबाटै हुनुहुन्छ । माओवादीको बिद्रोह वर्ग विभेद,लैंगिक विभेद, जातिय विभेद बिरुद्ध थियो । वर्गिय विभेद प्राय सबै देशमा हुनेरहेछ तर हाम्रो देशमा त धनिगरिब बिचको दुरी यति लामो छ कि जसलाई छोट्याउन जसका लागि लडेको स्वयं माओबादीले पनि सकेन । जनयुद्धमा यहि दुरी कम होला आफ्ना अत्यन्त न्युतम आवश्यकता पूरा होला सबै नागरिक समान हौला भनेर युद्ध लडेकाहरु बिच अहिले ठिक त्यहि वर्गीय दुरि जस्तै दुरी कायम भयो । निमुखा निमुखै रहे शक्तिशाली ब्यक्तिहरु माथिल्लो ओहदामा पुगेर तलकालाई माथि तान्ने कोसिस कहिल्यै गरेनन् । त्यसैले बर्गिय विभेद जहाको तहि रह्यो ।

आज देशमा दुई तिहाइको त्यो पनि कम्युनिष्ट सरकार छ । तर शैली राजकीय छ । जनताको शासनमा पनि सरकारका मन्त्रीहरु ,दलका नेताहरु जन्ती जस्तै सुरक्षागार्ड लियर हिड्छन् । राष्ट्रपति बग्गी सवारी गर्नुहुन्छ । जनताका गाउंमा जाँदा मन्त्री हेलिकप्टर लियर जान्छन् । बिपत्ति मा परेका जनता राहत पाउदैनन्।बडा नेताहरुले कमिसन का कमिसन हसुर्छन्, सरकारी जग्गा आफ्ना नाममा ल्याउछन् ती सुकुम्बासी हुन्छन् । अनि निकुन्जका छेउमा एउटा टहरो हालेर बसेको चेपाङ को घर भत्काउन हात्ती लगाउछन् ,आगोले ती गरिबका सपना पोल्छन् अनि कमरेड मन्त्री भन्छन् जग्गा अतिक्रमण गरेर बसेकाको गोठ र गुन्द्री जलेको हो ।

मन्त्रीज्यू तपाईं पो मन्त्री हुनुभो तपाईंको नजरको गोठ हाम्रो लागि दरवार हो भन्ने किन बिर्सनु भयो ?
हिजो तिनै गरिबका गोठमा आश्रय लियर आज मन्त्री बन्नासाथ ती तपाईका बर्गिय बिभेदका भाषण कुन क्यासेटमा छन् मन्त्रीज्यू ?

मन्त्री ज्यू तपाईंको नजरमा बर्गिय विभेद के हो ? आखिर कुन दलको शासनमा हामी बराबर हुन्छौं ?
हामी निमुखा गरिब सधै गरिब रहने तपाईंहरु जस्ता टाठाबाठाको सधैं रजाइँ हुने भय यो लोकतन्त्र किन ?
हिजो जंगलमा बसेर ,हाम्रा यिनै झुपडिमा लुकेर हामीसँग खाएका कसमले तपाईंहरुलाई शासक बनायो हामी अन्ततस्रैती नै रह्यौं हैन ? मन्त्री ज्यु यस्ता जग्गा अतिक्रमण गरेर बस्नु हाम्रो बाध्यता तपाईहरुले सिर्जि दिनु भएको हो । यदि सबैलाई कानून लाग्छ भने शितलनिवास हडप्नेको घरमा पनि आगो दन्काउनुस्,अरबौं कर छली गर्नेहरुलाई पनि धुर्बे हात्ती लगाएर निमोठ्नुस!नत्र हामी निमुखाको पेटमा लात हानेर तपाईं महलमा बस्दा भौतिक सुख त पाउनु होला तर मनमा शान्ति पाउनुहुने छैन ।

अनि जनताबाट चुनियर गएका जनताका छोराछोरी हौ भन्ने तपाईंहरुलाई जनतासंगै के को डर लाग्छ र जन्ती झै बाह्रमासे सुरक्षागार्ड लियर हिड्नुहुन्छ ? यदि तपाईं सच्चा देशभक्त र जनताको सेवक हो भने निर्धक्क तिनै गरिबका झुुपडीको निरिक्षण गर्न जानुस् ।
गणतन्त्रमा पनि यस्तै विभेद रहन्छ भने कागलाई बेल पाक्यो हर्ष न बिष्मात हुने भयो हामीलाई गणतन्त्र ।हामीले बोल्न पाएर मात्रै भयन पापी पेटले दाना खोज्छ । भोको पेटले कतिदिन तपाईंहरुको जयजयकार गरौं ?

लेखक:
देबि काफ्ले
काठमाडौ, हाल न्युजल्यान्ड

]]>
https://janasahara.com/archives/289/feed 0
माग अनुसार आयात नहुदा प्युठानमा युरिया मलकाे अभाव https://janasahara.com/archives/271 https://janasahara.com/archives/271#respond Mon, 03 Aug 2020 07:25:44 +0000 https://janasahara.com/?p=271 श्रावण १९  प्युठान – खेतमा धान गोडमेल गरेर मल राख्न ठिक्क परेका कृषक यतिबेला युरियाको मल नपाउँदा चिन्तित बनेका छन् । जिल्लाका प्राय,सवै ठाउँमा धान रोपाई सकिएर धान गोडमेल सँगै युरिया राख्ने बेला मलको अभाव हुँदा किसानहरु चिन्तित बनेका हुन् ।

नौबहिनी गाउँपालिका-६ चित्चौरका मधुुसुदन केसीले धान खेतमा गोडमेल गरेर मल राख्न ठिक्क पारेको अवस्थामा मल नपाइएको गुनासो गर्नुभयो । ‘खेतमा धान गोडेर मल हाल्न ठिक्क बनाएको छु “। उहाँले भन्नुभयो तर बजारमा युरिया नपाइएको गुनासो गर्नु भएको छ ।

सलह किराले मकैबालीहरु नष्ट गरेर चिन्तित बनेका किसान धानखेतीका लागि युरिया नहुँदा पुन: निराश भएका छन् । पछिल्लो समय खेतमा गाईबस्तुको मलभन्दा रासायनिक मलको प्रयोग धेरै गर्ने गरिएको छ । अहिले युरिया मल चाहिने बेला हो केसीले भन्नुभयो नौबहिनीमा युरिया मल नै छैन ।

जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा र साल्ट ट्रेडिङ कर्पोरेशन भैरहवाबाट इजाजत प्राप्त दश वटा सहकारीले मल आयात गर्दै आयका थिय । याे साल भने उता भैरहवाका दुवै ठाउँमा अहिले युरिया मल नहुँदा जिल्लामा मल आयात हुन नसक्दा अभाव भयकाे हाे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानका निमित्त प्रमुख सुमन खनालले भन्नुभयो “थोरै मात्र मल छ तर माग धेरै छ कम मात्रामा मल हुदा समस्या भएको हो ।”जिल्लामा आर्थिक वर्ष ०७६/०७७ मा ८३९ मेट्रिकटन मल सिफारिस गरिएकोमा ७५९ मेट्रिकटन मात्र खरिद भयकाे तथ्याङ्ममा छ । यो वर्ष १६६३ मेट्रिकटन मलको माग रहेको खनालले जानकारी दिनुभयो । ‘अहिले जिल्लामा युरिया मल करिब ३/४ मेट्रिकटन मात्र स्ट्रक रहेकाे तर यति धेरै मागअनुसार पुग्ने सम्भावना नै छैन खनालले बताउनु भयो ।

हरेक वर्ष सम्बन्धित निकायले समयमै ध्यान नदिदा किसानहरुले यस्तो मर्का भाेग्दै आयका छन । याे वर्ष भने काेराेनाले जनजिवन अस्तव्यस्त भयकाे हुदा पनि प्रत्यक्ष असर परेकाे देखिन्छ । प्युठान मात्र नभयर देशका अधिकांश ठाउका यस्ताे अवस्था देखियकाे छ ।

]]>
https://janasahara.com/archives/271/feed 0
द्वन्द प्रभावित क्षेत्रमा करोडौंको बजेट आयाे तर डेढ दशक सम्म पनि फेरियन गाउकाे मुहार https://janasahara.com/archives/136 https://janasahara.com/archives/136#respond Sun, 26 Jul 2020 05:12:39 +0000 https://janasahara.com/?p=136 श्रावण ११ राेल्पा – सशस्त्र द्वन्द्वमा मारिएका, घरबास गुमाएका र घाइते भएकालाई बसोबास गराउन दाङ, रुकुम, रोल्पा र सल्यानमा चारवटा नमुना बस्ती बनाउन सरकारले दिएको २० करोड रुपैयाँ टाठाबाठाले कसरी सके ? डेढ दशकपछि ती कर्तुतबारे पीडितले मुख खोलेका छन् ।
जनयुद्धकाे उदगम थलाे राेल्पाले के पायाे ?

सशस्त्र द्वन्द्वमा देशभरमै सबैभन्दा धेरै मानिस मारिएको रोल्पाको तत्कालीन गाविस हो, जेलबाङ । यहाँ राज्यपक्षबाट ६३ र तत्कालीन माओवादीबाट १० गरेर ७३ जना मारिएका थिए । शान्ति प्रक्रिया सुरु भएपछि जेलबाङलाई नमुना गाउँ बनाउन तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट मात्रै ४ करोड २८ लाख रुपैयाँ बजेट आयो । अरू स्रोतबाट समेत मिलाएर जेलबाङमा १२ करोड १३ लाख २० हजार रुपैयाँ भित्रियो । त्यसमध्येको ४ करोड ७६ लाख ४१ हजार सडक निर्माण र ४ करोड ३६ लाख ९ हजार विद्युत्का लागि र बाँकी अरू काममा खर्च गरियो ।

नमुना बस्ति निर्माणका लागि तत्कालीन शान्ति तथा पुन:निर्माण मन्त्रालयबाट बनायकाे जेलबाङकाे सडक ।

जेलबाङका तत्कालीन माओवादी नेता टीकाबहादुर बुढा लगातार १० वर्ष यो बजेट खर्च गर्ने उपभोक्ता समितिको अध्यक्ष बने । उनी स्वयंले सोचेअनुसार काम गर्न नसकिएको बताए । ‘यो बजेटबाट सडक, विद्युत्, खानेपानीका पूर्वाधार नबनाउनू, त्यो काम सम्बन्धित कार्यालयले गरिहाल्छन् । द्वन्द्वपीडितको जीवनस्तरमा प्रत्यक्ष सुधार आउने काम गर्नू भनेर सीडीओले भन्नुभएको थियो,’ तत्कालीन जेलबाङ गाविस पर्ने हालको सुनछहरी गाउँपालिका–७ का वडाध्यक्ष रहेका बुढाले भने, ‘तर, पार्टीका नेताहरूसँग छलफल गर्दा सडक र विद्युत् नै प्राथमिकता हुनुपर्छ भन्ने कुरा आयो । त्यतै खर्च भयो ।’ जेलबाङमा आर्थिक वर्ष ०६५/६६ देखि नमुना बस्ती निर्माणको बजेट आउन सुरु गरेको थियो, जुन ०७४/७५ सम्म जारी रह्यो । यसबाहेक त्यही अवधिमा ब्रिटिस गोर्खा वेलफेयर स्किमको २ करोड ५२ लाख २१ हजार रुपैयाँ लगानी र उपभोक्ताको ९४ लाख ८८ हजार श्रमदानमा १६ वटा खानेपानी आयोजना निर्माण गरिएको छ ।

सुनछहरी गाउँपालिका–७ को अभिलेखअनुसार जेलबाङमा ७३ प्रतिशत मगर र २७ प्रतिशत दलित समुदायको बसोबास छ । तत्कालीन माओवादीको आधार इलाका जेलबाङका हरेकजसो परिवार द्वन्द्वपीडित छन् । जस्तो कि जेलबाङ, ठूलोगाउँकी ७६ वर्षीया फर्की बुढा मगरका एउटै छोरा भुवन बुढा मगर २३ वर्षको उमेरमा १९ माघ २०५४ मा प्रहरीबाट मारिए । भुवन माओवादी लडाकु थिए । गत वर्ष श्रीमानकाे पनि मृत्यु भएपछि उनी एक्ली भएकी छन् । खाना पकाउन नसक्दा कहिलेकाहीं भोकै सुत छिन ।

जेलबाङमा नमुना बस्ती बनाउन आएको बजेट र त्यसको खर्च सम्बन्धमा अहिले कुनै सरकारी निकायले बताउन सक्दैनन् । रोल्पाका जिल्ला समन्वय अधिकारी टंकराज गौतमले पनि पुरानो प्राविधिक कार्यालय अहिले नभएको र कर्मचारी फेरिएकाले नमुना बस्तीको कार्यक्रमबारे केही जानकारी दिन नसकिने बताए । नमुना गाउँ निर्माणका लागि आएको बजेट दुरुपयोग सम्बन्धमा पीडितहरूमा चर्को आक्रोश छ । जेलबाङकी स्थानीय विर्षा कामीको भनाइ प्रतिनिधिमूलक लाग्छ । ‘लडाइँ गरे, मान्छे मारे,’ उनले भनिन्, ‘सबैले आफ्ना लागि गरे । हाम्रा लागि कसैले केही गरेन ।’

सल्यानकाे गुराँसेेेेले के पायाे ?

सल्यानको छत्रेश्वरी गाउँपालिका–२ मा गुराँसे गाउँ छ । २९ जेठ ०५९ को साँझ गस्तीमा हिँडेको सेनालाई माओवादीले आक्रमण गरेपछि भोलिपल्ट दिउँसोसम्म यहाँ भिडन्त भएको थियो । भिडन्तमा ६२ घरमा आगजनी भयो भने ३५ घर पूर्णरुपमा नष्ट भए । जलेका र भत्केका घर ओत लाग्ने बनाउन गुराँसेवासीलाई एक वर्षभन्दा धेरै लाग्यो । त्यतिन्जेल कति दुःख भोग्नुपर्‍यो, भनिसाध्य छैन । ‘गाउँभरि सबैका घर जलेका थिए, सहयोग कहाँ माग्नु ?,’ स्थानीय नन्दकला कुँवर योगीले भनिन्, ‘मागेर पनि कसले दिनू ?’ नन्दकलाको देब्रे आँखामाथि दुईवटा छर्रा थिए । एउटा फालिए पनि अर्को अझै शरीरमै छ । ‘बेलाबेला चक्कर लाग्छ,’ योगीले भनिन् । द्वन्द्वकालमा गुराँसेका मात्रै १९ जनाले ज्यान गुमाएका थिए ।

द्वन्द्वमा पिल्सिएको यो गाउँलाई शान्ति प्रक्रियापछि नमुना गाउँ बनाउने कार्यक्रम आयो । पटक–पटक गरेर २ करोड ९० लाख रुपैयाँ बजेट आयो । तर, त्यो बजेट मनपरी खर्च गरेर सकियो । त्यसबाट भएको कामको जानकारी र आधिकारिक विवरण कतै भेटिँदैन । तत्कालीन माओवादीका सल्यान जिल्ला सदस्य चित्रबहादुर केसी उपभोक्ता समितिका अध्यक्ष थिए । उनकै खटनपटनमा बजेट परिचालन भएको थियो । ०६६/६७ मा आएको ४२ लाखमध्ये ३५ लाख रुपैयाँ दमाचौर–मनीमारे सडक र ७ लाख जनता मावि गुराँसेको ४ कोठे भवन निर्माणमा खर्च गरियो । ०६७/६८ मा एक करोड रुपैयाँ आयो, जसमध्ये २१ लाख सडक स्तरोन्नति र ७९ लाख कालाखेत–गुराँसे विद्युत् विस्तारमा खर्च भयो ।

०६८/६९ मा आएको ६८ लाखमध्ये २५ लाख दहगाउँ, दहखोला, झ्याम, दमाचौर सिदुुुरे विद्युत् विस्तार र ४३ लाख खानेपानी तथा सरसफाइमा खर्च गरियो । ०६९/७० को ४० लाखमध्ये १० लाख वनस्पति विकास, २० लाख कृषि विकास र १० लाख सहिद पार्क निर्माणमा खर्च गरियो । कृषि र वनस्पति शीर्षकको बजेटबाट गाउँमा किवी, ओखर र स्याउका बिरुवा रोपिएको भनिए पनि अहिले केही पनि छैन । ०७०/७१ मा आएको ४० लाखबाट सामुदायिक भवन निर्माण गरियो । गुराँसेका द्वन्द्वपीडित पोखराज योगीकाे भनाइअनुसार  गाउँमा नमुना बस्ती भन्नलायक केही छैन । ‘सडकमा गाडी चल्दैनन्, बिजुली बल्दैन,’ उनले भने । ‘पहिले नेताहरू पीडितलाई रोजगारी दिने, सीप सिकाउने र आत्मनिर्भर बनाउने कुरा गर्थे,’ अर्का पीडित निमबहादुर योगीले भने, ‘पछि तिनै नेताले बाटो र बिजुलीमा बजेट सकियो भने ।’

]]>
https://janasahara.com/archives/136/feed 0