हार्दिक श्रद्धाञ्जली – Janasahara https://janasahara.com Online News Portal Sat, 21 Aug 2021 08:31:23 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg हार्दिक श्रद्धाञ्जली – Janasahara https://janasahara.com 32 32 म केही भए काखे छाेराकाे चिन्ता?बसमा सबै निन्द्रामा,उनी छाेरालाई दूध चुसाउदै सदाका लागि निदाइन https://janasahara.com/archives/2890 https://janasahara.com/archives/2890#respond Sat, 21 Aug 2021 08:23:43 +0000 https://janasahara.com/?p=2890 भदौ ५ रुकुम-पश्चिम – अहिले सामाजिक संजालमा सबैकाे ध्यान खिचेकाे हृदयविदारक आमा छाेराकाे तस्बिर छरपस्ट छ। त्यहि तस्बिरमा अनेक भावुक विश्लेषण गरेर सबै आ-आफ्नै शैलीमा दुख व्यक्त गरिरहेका छन।

तस्बिर सामाजिक संजाल: याे भावुक तस्बिर हेर्दा निदाए जस्तो देखिने याेे तस्बिर उनकाे मृत्युुपछिकाे हाे ।

आठबिसकोट नगरपालिका- ९ बटलागाउँ सुन्दरपानी की २८ वर्षीया धर्माकुमारी बटालाले ३२ महिनाकाे छोरालाई बसको सिटमा दूध चुसाउदा चुसाउदै संसार छाेडिन। आठबिसकाेट बाट नेपालगन्ज आफ्नो उपचार गर्न जादै गरेकि धर्मकुमारी बसकाे सिटबाट नै स्वर्गाराेहण हुन पुगिन।

केही दिन पहिला काम विशेषले नेपालगञ्ज गएकम श्रीमान दलबहादुर बटालाले उपचारका लागि धर्माकुमारी र नाबालक छोरालाई नेपालगन्ज बाेलाएपछि आमाछाेराले यात्रा गरे तर धर्म साथ बसमा यात्रा गरिरहेकि थिइन ।स्थानीय शिक्षक तिलक बटालाका अनुसार उनी मुटुको बिरामी समेत थिइन ।उनको बाटोमा दुखत निधन भएको हाे ।

आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई सुनाउछिन। श्रीमानले गाउँको मेडिकलमा उपचार गर्ने सल्लाह दिएपछि धर्माकुमारीले आठबिसकाेटमा नै स्वास्थ्य जाँच गराइन तर निको नहुदा यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन। अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चढिन। गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन।

श्रीमती धर्माकुमारी बसमा चढेपछि दलबहादुर निरन्तर फाेनमा सम्पर्क गरिरहेका थिए। बाटो बाटोमा निरन्तर फाेन गरेको र आफू सामान्य अवस्थामा रहेकाे धर्माकुमारीले बताएकि रहेछिन। बिच बाटामा उनिलाई उल्टि हुन्छ,वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन् उनी आत्तिन्छिन र काखको बच्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन। उनलाई उकुसमुकुस हुदा सोचिन हाेला बाटाेमा मलाई केही भैहाल्यो भने यो काखको छोराकाे हालत के हाेला आफ्नाे सास जानै लाग्दा सम्म उनलाई छाेराकाे चिन्ता थियाे।

बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अन्तिम तागतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन। बच्चा रुन थाल्छ। बर्दियाको हर्ले लेक नजिकै बस तिब्र गतिमा हुइकियकाे थियाे। बच्चा रुदा कराउदा अन्य यात्रुले बाेलाए तर उनी बाेलिनन अनि बल्ल सबै यात्रुले थाहा पाए। आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन। तर बच्चाले मान्दैन बच्चाकाे सानत्वनाकाे लागि पनि यात्रुहरुले मृत आमाकाे काखमा बच्चा राखदिन्छन। सबै यात्रु भाव बेहाेल हुन्छन। अहिले उनकाे त्याे तस्बिरले सबैकाे मन रुवाएकाे छ।

]]>
https://janasahara.com/archives/2890/feed 0