सहयोग – Janasahara https://janasahara.com Online News Portal Wed, 20 Aug 2025 10:11:02 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg सहयोग – Janasahara https://janasahara.com 32 32 रञ्जनाकाे आर्थिक सहयोगमा उज्यालो युवा क्लबले १९ हजार बराबर शैक्षिक सामाग्री वितरण गर्याे https://janasahara.com/archives/18611 https://janasahara.com/archives/18611#respond Wed, 20 Aug 2025 10:11:02 +0000 https://janasahara.com/?p=18611 सल्यानकाे दार्मा गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनकल्याण आधारभूत विद्यालय (जलेखर्क) भालुमारेमा बुधबार उज्यालो युवा क्लब र रञ्जना कामीकाे पहलमा विद्यार्थीहरुलाई १९ हजार बराबरकाे शैक्षिक सामाग्री वितरण गरिएको छ।

नवलपरासी घर भइ हाल दाङ जिल्लामा अबस्थित मेट्राे कलेजमा कानुन अध्ययनरत समाजसेवी रञ्जना कामीले उक्त सामाग्री दुर्गमका बालबालिकालाई केही राहत हाेस भन्ने भावनाका साथ उज्यालो युवालाई सहकार्य गर्न अनुरोध गरेपछि क्लब मार्फत उक्त सामग्री वितरण गरिएको क्लबका सचिव घनराज खड्काले बताए।

शैक्षिक सामाग्री सौजन्य रञ्जनाले आफुले नजिकबाट क्लबको सिद्धान्त बुझेकाे र क्लबको समाजिक कार्य नजिक बाट नियालेपछि समाज प्रतिकाे उत्तरदायित्व अझै फराकिलो बन्दै जावस भन्दै आफुले सक्ने सहयोग सदैव गर्ने र दुर्गममा बालबालिकासँग नजिकबाट माया साट्ने अवसर दिएकाे भन्दै क्लब र विद्यालय परिवारलाई धन्यवाद दिएकि छन।

कार्यक्रममा ९५ विद्यार्थी सहभागी रहेका थिए। सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई क्लब र रञ्जनाकाे टिमबाट प्रति ब्यक्ति २ वटा कापी र ५ वटा कलम दिएको थियो। उक्त सामाग्री रञ्जना कामीले नै उपलब्ध गराएकि हुन। १९ हजार बराबरकाे सामाग्री वितरण गरिएकाे क्लबले बताएकाे छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खड्का सहित विद्यालय परिवार र केही अभिवावककाे उपस्थिति रहेको थियाे। कार्यक्रम सञ्चालन क्लबका सचिव घनराज खड्काले गरेका हुन।

]]>
https://janasahara.com/archives/18611/feed 0
स्वर्गीय पितृहरुकाे सम्झनामा केसीद्वारा गरिब विपन्नलाई आर्थिक सहयोग https://janasahara.com/archives/2429 https://janasahara.com/archives/2429#respond Tue, 25 May 2021 15:00:40 +0000 https://janasahara.com/?p=2429 जेठ ११ राेल्पा – आफ्ना स्वर्गवास भएका पितृजनकाे सम्झनामा गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयाेग गरिएको छ।

स्व.बाबा ओपिन्द्र बहादुर खत्री ,स्व.हजुर बुवा उदिराम खत्री ,स्व.हजुर आमा लिलु खत्री प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै राेल्पा त्रिवेणी गाउँपालिका वडा ३ रातामाटा निवासि तथा हाल दाङमा बसाेबास गर्ने विगत लामाे समय सम्म जनकल्याण मावि सिम्पानीमा बिज्ञान शिक्षककाे रुपमा कार्यरत हाल निजामती सेवामा प्रबेश गरि ईलाका हुलाक कार्यालय उरहरी दाङका कार्यालय प्रमुख तथा कान्छाे छाेरा मिन बहादुर केसीले बैशाख शुक्ल चतुर्दशीकाे दिन ५ अाैँ पुण्य तिथिकाे अबसर तथा स्वर्गवास गर्नुहुने पितृहरुकाे बैकुण्ठमा बासकाे कामना गर्दै त्रिवेणी गाउपालिका भित्रका अति विपन्न दुखि पिडित गरिबहरुलाई भनि ४ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको छ ।

जनहितमा जारी सन्देश

उक्त रकम त्रिवेणी गाँउपालिकाकि प्रेस संयाेजक प्रतिज्ञा मगर मार्फत गाउँपालिकाकाे कार्यलयमा पठाउँनु भएकाे छ । गाउँ पालिककि प्रेस संयाेजक प्रतिज्ञा मगरले उक्त रकम बैंक खातामा मार्फत बुझ्दै “पुण्य र धर्म गर्नलाई मठ मन्दिर गुम्बा बिहार चर्च जानै पर्दैन् गरिव दुखिकाे घाउँहरुमा मलम पट्टी लगाउँन उहाँहरुले गर्नु भएको काम नै पुण्य हाे,हजुरहरुकाे जस्ताे महान कार्य र साेच भएकाे मनकारी दयालु सहयोगी भाव बाेकेकाे मान्छे हुनुहुन्छ तपाईंको याे सेवा रुपि भावनालाई मनैदेखि हाम्रो सिङ्गो पालिकाकाे तर्फ देखि बिशेष धन्यवाद दिन चाहान्छाैं । काेराेनाकाे विषम परिस्थितिमा पनि आफनाे खुल्ला हृदय खाेलेर जुन रकम पठाउँनु भएकाे छ याे रकम लकडाउन खुल्ने बित्तिकै र परिस्थिति सामान्य भएपछि सिङ्गो गाउँ पालिकाकाे उपस्थितिमा हाम्रो गाँ.पा.भित्रका सबै भन्दा बिपन्न परिवारलाई कार्यक्रम गरि हस्तान्तरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ

]]>
https://janasahara.com/archives/2429/feed 0
पत्रकारहरुको अक्सिजन अभियानलाई गुल्मी रेसुङ्गा युवा क्लबको सहयोग https://janasahara.com/archives/2330 https://janasahara.com/archives/2330#respond Fri, 14 May 2021 05:15:57 +0000 https://janasahara.com/?p=2330 बैशाख ३१ गुल्मी – पछिल्लो समय नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले महामारीको रुप लिदै गएपछि नेपालले पनि अक्सिजनको अभाव जेलिरहोको छ ।

यस्तै अभको जिल्ला बनेको छ गुल्मी, कोभिड संक्रमितलाई उपचार गर्ने ठाउँ र अक्सिजन अभाव हुदा दिनहु हेलिकप्टरबाट बिरामीलाइ काठमाडौं ल्याउनु बाध्यता परेको छ गुल्मी बासिन्दालाई। यस्तो अभाव नहोस् र बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले पत्रकार महासंघ गुल्मी शाखाले अक्सिजनकाे जाेहाे गर्न अभियान सुरु गरेकाे छ। उक्त अभियानमा सहकार्य जनाउदै श्री गुल्मी रेसुङ्गा युबा क्लब रेसुङ्गा नगरपालिका-०६, गुल्मीले सहयोग महासंघलाई सहयाेग हस्तान्तरण गरेकाेछ ।

जनहितमा जारी सन्देश

अक्सिजनको अभावमा बिरामी मर्न नपरोस भन्ने उद्देश्यले क्लबले करिब रु २५ हजार सहयोग गरेको छ । क्लबको कोषबाट रु. १० हजार र क्लबका पदाधिकारीहरुबाट संकलित रु.१५०१० हजार गरि जम्मा २५,०१०/- रुपैया सहयोग हस्तान्तरण भएको छ । पछिल्लो समय नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले महामारीको रुप लिदै गएपछि क्लबले उक्त सहयोग गरेको हो । क्लब पदाधिकारी सहयोगीहरुमा कोरियामा कार्यरत गणेश मरासिनीले रु. १० हजार, प्रकाश पौडेलले रु. एक हजार एक, गोकर्ण बरालले रु.एक हजार र प्रकाश अधिकारीले रु. नौ सय उनान्सय सहयोग गर्नुभएको हो । त्यसैगरि बिकाश पुनबाट रु.पाँच सय पाँच र कृष्ण मरासिनीबाट पाँच सय पाँच, पुर्ण बिश्वकर्माबाट पाँच सय र सन्दिप सुनारबाट पाँच सय प्राप्त भएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट बि सं. २०७३ सालमा प्रमाणपत्र प्राप्त यस क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबका अध्यक्ष गोकर्ण बरालले बताउनु भयो ।त्यस्तै अस्पतालहरुमा देखिएको अक्सिजन अभाब रोक्ने उद्देश्यले क्लबले सहयोग गरेको र सम्पुर्णलाई सक्दो सहयोग गरिदिन समेत अनुरोध गर्नुभयो ।

जनहितमा जारी सन्देश

]]>
https://janasahara.com/archives/2330/feed 0
ब्रेन ट्युमर पीडित भण्डारीकाे उपचारार्थ गाउँपालिका कर्मचारीहरु द्वारा आर्थिक सहयोग https://janasahara.com/archives/2043 https://janasahara.com/archives/2043#respond Tue, 13 Apr 2021 10:28:24 +0000 https://janasahara.com/?p=2043 चैत ३१ राेल्पा – गंगादेव गाउपालिका रोल्पामा कार्यरत कर्मचारीहरु द्वारा ब्रेन ट्युुुमर पीडित नारायण भण्डारीको उपचारार्थ व्यक्तिगत सहयोग रकम नारायण भण्डारीको आमा दुर्गा भण्डारीलाई हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण

गंगादेव गाउपालिका रोल्पाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले रु ५५,९५५/- रकम बिरामी नारायण भण्डारीको आमा दुर्गा भण्डारीलाई गाउपालिकामा बोलाएर हस्तान्तरण गर्नु भएको हो । सहयोग गर्ने हरुमा कार्यालय प्रमुख शालिकराम बस्नेत रु ५,०००/- प्राबिधिक शाखा प्रमुख रमेश डागी रु५५५५-/ आ.ले.प शाखा प्रमुख उदय प्रकाश वली रु ५५५५/- कार्यक्रम शाखा प्रमुख सुशील वली रु ५,५५५/-स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्ती रु ५५५५/-पञ्जिकरण सायक तिलक राज वली रु ३५५५/- प्रेस सयोजक अशोक वली परिवर्तन रु ३१००/-भेटेरेनरी शाखा प्रमुख कमल राज पुन रु २५२५/- प्राबीधिक अर्जुन राना रु २५५५/- प्रशासन शाखा प्रमुख पुष्पा पनेरु देवकोटा रु २५००/- सूचना प्रबिधि अधिकृत प्रेम प्रकाश वली रु२५००/- शिक्षा शाखा प्रमुख शेर बहादुर डागी रु १५००/- कार्यपालिका सदस्य लक्ष्मी बुढा रु २०००/- शिक्षा अधिकृत सीता देवि शर्मा रु १५००/- शिक्षा प्रास अंग बहादुर वली रु १०००/- खानेपानी शाखा प्रमुख बल बहादुर बस्नेत रु १०००/- रोजगार सयोजक खिमा पाण्डे रु १०००/- कम्प्युटर अपरेटर रन माया कुमारी चौधरी रु १०००/-महिला तथा बालबालिका शाखा प्रमुख सुनिता चौधरी रु १०००/- गाउपालिका गाडी चालक प्रसाराम डागी रु १०००/- शिक्षा कर्मचारी हरि बहादुर खड्का रु ५००/- गरि जम्मा रु ५५,९५५/- रकम हस्तान्तरण गरिएको हो ।

पिडित नारायण भण्डारी

उक्त उपचारार्थ स्वैच्छिक सहयोग कलेकसनको लागि कार्यालयले प्रेस सयोजक अशोक वली परिवर्तनलाई जिम्मा दिएको थियो । सहयोग हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले नारायण भण्डारीको स्वास्थ्य लाभको कामना गर्दै स्वैच्छिक सहयोगको लागि अन्य कर्मचारी लगायत सबैमा अपिल गर्नु भएको छ ।गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले व्यक्तिगत रु १०,०००/- बाल कृष्ण वली मार्फत हस्तान्तरण गर्नु भएको थियो । यसै क्रममा नारायण भण्डारीको आमा दुर्गा भण्डारीले गाउपालिकामा कार्यरत कर्मचारीले उपचारार्थ सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियाे।

]]>
https://janasahara.com/archives/2043/feed 0
जि प्र का राेल्पाद्वारा मृतक प्रहरी कर्मचारीको परिवारलाई आर्थिक सहयोग https://janasahara.com/archives/1364 https://janasahara.com/archives/1364#respond Wed, 09 Dec 2020 11:30:16 +0000 https://janasahara.com/?p=1364 मंसिर २४ राेल्पा – कोरोना संक्रमण बाट मृत्यु भएका एक सहकर्मी प्रहरी कर्मचारीको परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आर्थिक सहयोग गरेको छ ।

हिजो (मंगलवार) दाङको राप्ती गाउपालिका वडा नं. ५ मौरिघाटमा रहेको मृतक प्रहरी नायव निरीक्षक यज्ञमणी वैदिकको घरमै पुगेर संकलन भएको १ लाख तिस हजार आठ सय पाच रुपैया मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो । जिल्ला तथा मातहतका सबै प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वैच्छिक रुपमा संकलन गरी जम्मा भएको उक्त रकम प्रहरी निरीक्षक सन्तोष कुमार के.सीले मृतकको श्रीमती कमला वैदिकलाई हस्तान्तरण गर्नु भएको थियो ।

मृतकको १३ औ दिनको पुन्यतिथीमा जि.प्र.का. रोल्पाबाट प्रहरी टोली घरमै पुगेको थियो । जि.प्र.का. रोल्पामा कार्यरत वैदिकको कोरोना संक्रमण भई उपचारको क्रममा गत मंसिर ११ गते भेरी अन्चल अस्पताल बाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक वैदिकको परिवारलाई स्वान्तना एवं सन्ततीको वृति विकासमा टेवा पुग्ने उद्यश्यले सम्पूर्ण प्रहरी कर्मचारीले आफुखुसी आर्थिक सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक नरेश राज सुवेदीले बताउनु भयो ।

संगै काम गरिहेका ईमान्दार र कर्तव्यनिष्ट एक प्रहरी कर्मचारीको मृत्युले मर्माहत तथा भावनात्मक चोट पुगेको हुदा सक्दो आर्थिक सहयोग गर्न सवै कर्मचारीहरू तयार रहेको उहाले वताउनु भयो । मृतक प्रहरी नायव निरीक्षक वैदिकको श्रीमती र एक छोरा रहेका छन् ।

]]>
https://janasahara.com/archives/1364/feed 0