सल्यान-सुर्खेत – Janasahara https://janasahara.com Online News Portal Mon, 28 Mar 2022 02:42:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg सल्यान-सुर्खेत – Janasahara https://janasahara.com 32 32 शिलान्यास भएको २८ वर्षपछि सल्यानको पुर्वी-उत्तरी भाग प्रदेश राजधानीसँग सडक संजालमा जाेडियाे https://janasahara.com/archives/8752 https://janasahara.com/archives/8752#respond Sun, 27 Mar 2022 17:24:15 +0000 https://janasahara.com/?p=8752 चैत १३ सल्यान – वि.स २०५० सालमा शिलान्यास भएको सुर्खेत र सल्यान जाेडने सल्यान त्रिवेणी गाउँपालिकाकाे लुहाम-काभ्रा-कालिमाटी गाउँपालिका हुँदै सुर्खेत जाेड्ने सडक खण्ड २८ वर्षपछि संचालनमा आएकाे छ ।

आइतबार कर्णाली प्रदेशका पुर्व आर्थिक याेजना मन्त्री तथा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्रीका राजनितीक सल्लाहकार भीमप्रकाश शर्माले संयुक्त रुपमा उक्त सडक खण्डको उद्घाटन गरे संगै सडक संचालनमा आएकाे छ ।

अब त्रिवेणी र कालिमाटी गाउँपालिका पनि याे सडक संजालबाट जाेडिएका छन। याे सडक संचालनमा आएसंगै पुर्वी र उत्तरी भु-भागका सल्यानीहरुका लागि प्रदेश राजधानी सुर्खेत पुग्न छाेटाे मार्गकाे रुपमा पनि याे रुट रहने भएको छ ।

सडक उदघाटन कार्यक्रम बाेल्दै पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनाेद पुनले करिब १५ कराेड बढी बजेटमा अहिले ग्राभेलिङकाे काम भैरहेकाे र लुहामबाट ११ किलाेमिटर अगाडि तर्फकाे भाग कालाेपत्रेका लागि ३५ कराेडकाे ठेक्का सम्झौता भैसकेकाे समेत बताए ।

]]>
https://janasahara.com/archives/8752/feed 0