माेरङ – Janasahara https://janasahara.com Online News Portal Sat, 02 Apr 2022 06:19:32 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg माेरङ – Janasahara https://janasahara.com 32 32 आफै कार्यरत अस्पताल अगाडि चिकित्सक मृत फेला https://janasahara.com/archives/8951 https://janasahara.com/archives/8951#respond Sat, 02 Apr 2022 06:19:32 +0000 https://janasahara.com/?p=8951 चैत १९ माेरङ – आफै कार्यरत अस्पताल अगाडि एक चिकित्सक मृत फेला परेका छन।

सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका र विराटनगर स्थित नोबेल शिक्षण अस्पतालकाे अर्थोपेडिक वार्डमा कार्यरत एमबीबीएस डाक्टर २८ वर्षीय विजय यादव नोबेल शिक्षण अस्पताल अगाडि नै मृत भेटिएका हुन्। विराटनगर नोबेल अस्पतालकै अगाडि शनिबार बिहान मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।

अस्पताल अगाडि मानिस लडिरहेको भन्ने स्थानीयले प्रहरीलाई जानकारी गराए लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली पुगेर मुचुल्का तयार गरि शवकाे पाेष्टमार्टम गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

यादव आफै कार्यरत अस्पताल अगाडि मृत भेटिनुले संकास्पद रुपमा हत्या भएको भन्दै हत्यारालाई कारबाहीको दायरामा ल्याउन स्थानीयले नाराबाजी समेत गर्न थालेपछि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जिसीले बताए।

]]>
https://janasahara.com/archives/8951/feed 0
महिला प्रहरीको ज्यान जानेगरि भएको घटनाको अनुसन्धान सुरु, स्थलगत अनुगमन गरियाे https://janasahara.com/archives/8500 https://janasahara.com/archives/8500#respond Mon, 21 Mar 2022 15:36:44 +0000 https://janasahara.com/?p=8500 चैत ७ मोरङ – आइतबार लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरि भएको घटनाको अनुसन्धान सुुरु गरेकाे भन्दै स्थलगत अनुगमन गरिएको छ।

लेटाङ नगरपालिका-५ स्थित शिक्षा बिकास माध्यमिक विद्यालयमा भएको घटनास्थलको १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसी, सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थलगत अनुगमन गरेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

उक्त विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले दुर्व्यवहार गरेको बिषयले उग्ररूप लिदा आक्राेशित बनेका स्थानीयले विद्यालय तोडफोड गर्न थालेपछि प्रहरीले भिड तितर बितर गर्ने क्रममा महिला प्रहरी जवान उर्मिला श्रेष्ठ माथि धारिलो हतियार प्रहार भएको थियाे। घाइते भएकि श्रेष्ठलाई उपचारको लागि कोशी अस्पताल बिराटनगरमा ल्याए लगतै अस्पतालले मृत घाेषणा गरेकाे थियाे।

त्यसैगरि श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीले नेपाल प्रहरी संगठनको झण्डा ओढाई पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका छन। साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियाे।

]]>
https://janasahara.com/archives/8500/feed 0
शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेपछि विद्यालय तनावग्रस्त, महिला प्रहरीकाे मृत्यु https://janasahara.com/archives/8472 https://janasahara.com/archives/8472#respond Sun, 20 Mar 2022 18:45:26 +0000 https://janasahara.com/?p=8472 चैत ६ मोरङ – हाेलीकाे दिन आफैले पढाउने छात्रालाई शिक्षकले दुर्व्यवहार गरेकाे भन्दै लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास मावि आइतबार दिनभर तनावग्रस्त रहेको छ

एक शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेको भन्ने विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठ माथि धारिलो हतियार प्रहार हुदा मृत्यु भएको छ। घाइते श्रेष्ठलाई उपचारको लागि कोशी अस्पतालमा लिए लगत्तै अस्पतालले मृत घाेषणा गरेकाे र झडपमा परि प्रहरी सहित स्थानीय घाइते भएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।

उक्त विद्यालयका सामाजिक विषय पढाउने ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्राले आफुमाथि दुर्व्यवहार गरेको भन्दै प्रधानाध्यापकलाई भनेपछि आराेपित शिक्षकसंग विद्यालय भित्र नै प्रधानाध्यापकले सोधपुछ गरिरहेका बेला आक्राेशित स्थानीयहरूकाे समुहले शिक्षकलाई कुटपिट गर्न खाेजेकाे र विद्यालयकाे चमेना गृह, शिक्षकहरुका माेटरसाइलमा आगजनी गरेपछि घटनाले उग्ररूप लिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

विद्यालय तनावग्रस्त भएपछि भीड नियन्त्रणका लागि बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएकोमा आक्राेशित स्थानीयहरुले ढुंगामुढा समेत गरेपछि कसले महिला प्रहरी माथि धारिलो हतियार प्रहार गर्याे एकिन नभएकाे आफूलाई समेत ढुंगा लागेकाे प्रहरी उपरीक्षक जिसीले बताए

आराेपित शिक्षकलाई अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालयमा ल्याउनकाे लागि विद्यालय बाहिर निकाल्न साथ आक्राेशित स्थानीयहरुले शिक्षकलाई कुटपिट गर्न खाेजेकाे हुदा यस्तो घटना घटेकाे र अहिले आरोपित शिक्षकलाई इलाका प्रहरी कार्यालय लेटाङकाे नियन्त्रणमा राखिएकोमा जिल्ला लिएर नै अनुसन्धान थालिने प्रहरी उपरीक्षक जिसीले बताए।

]]>
https://janasahara.com/archives/8472/feed 0
माेरङका शिक्षक हत्या आराेपमा विप्लव सहित ४२ जना विरुद्ध मुद्दा दर्ता, नामावली सहित https://janasahara.com/archives/1780 https://janasahara.com/archives/1780#respond Tue, 16 Feb 2021 07:49:53 +0000 https://janasahara.com/?p=1780 फागुन ४ मोरङ — मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दसहित ४२ जनाविरुद्ध जिल्ला अदादलत मोरङमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।

महासचिव नेत्रविक्रम चन्दको निर्देशनमा शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको अभियोग पत्रमा उल्लेख छ । उक्त मुद्दामा मंगलबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले बताए ।

मृतक शिक्षक श्रेष्ठ मिक्लाजुङ गाउँपालिका–१, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन। चन्दा र खशि नदिएको साथै सुराकी गरेको आरोपमा चन्द समूहका ६ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरी जंगलमा लगेर मंसिर २३ गते हत्या गरेका थिए । घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जंगलमा शव भेटिएको थियो । प्रहरीले अनुसन्धानपपछि ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरेपछि सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

शिक्षक हत्या आरोपमा अपहरण र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका चन्द समूहका आराेपितकाे नामावली

मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकल
२ सखुुवासभाको मादी नगरपालिका–४ का ३५ वर्षीयधनबहादुर विक,
२.राेल्पा परिवर्तन गाउँपालिका हालर कपिलवस्तुको शिवराज नगरपालिका–९ का ५३ वर्षीय विप्लव भनिने नेत्रविक्रम चन्द,
३ रोल्पाको थवाङ गाउँपालिका–१ का ५२ वर्षीय विशम भन्ने सन्तोष बूढामगर,
४ कालीकोटको नरहरिनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा,
५. जाजरकोटका ४२ वर्षीय दीपक चलाउने
६. मोरङको केराबारी गाउँपालिका ६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई,
७ खोटाङ साकेला गाउँपालिका–१ का ४१ वर्षीय शैलेश भनिने चन्द्रबहादुर बुढाथोकी,
८.झापाको गौरीगञ्ज–१ का २६ वर्षीय सञ्जय राई, ९.भोजपुरको षडानन्द नगरपालिका–२ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई,
१०.धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भन्ने नवीन राई,
११.धनकुटाको पाख्रिबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर,
१२.काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम,
१३.सखुवासभाको चैनपुर–४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई,
१४.भोजपुरको ट्याम्केमैयुम– ७ का ४१ वर्षीय भीम भन्ने कुमार राई
१५.खोटाङको दिपरुङ्चुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर,
१६.सोलुखुम्बुको महाकुलुङ–१ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा,
१७.ओखलढुङ्गाको लिखु–७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेत,
१८.गोर्खाको अजिरकोट गाउँपालिका–३ का ४१ वर्षीय शिलु भन्ने उमा भुजेल,
१९.झापाको दमक–२ का ३० वर्षीय सुमनसिंह पौडेल, २०.सोलुखुम्बुको सोताङ–१ का ३५ वर्षीय बालकुमार राई भन्ने राकेश राई,
२१.भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई,
२२.सखुवासभाको चैनपुर–४ मैदानेका २२ वर्षीय नाती भन्ने बासन राई,
२३.ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का २२ वर्षीय अखिल भन्ने मनोज भुजेल,
२४.ताप्लेजुङ मिक्वाखाेला गाउँपालिका वडा नम्बर–१ का २३ वर्षीय लुङ्गा भन्ने सुदम लुङखिम्बा
२५.भोजपुरको पौवादुङ्मा गाउँपालिका–३ का २६ वर्षीय उमेश खत्री,
२६.ताप्लेजुङको मिक्वाखोला ५ का २९ वर्षीय संग्राम भन्ने पूर्णबहादुर लिम्बू,
२७.धनकुटाका २४ वर्षीय आशिष भन्ने विक्रम राई,
२८.मोरङको मिक्लाजुङ–१ का २२ वर्षीय बिर्जुम भन्ने श्रीमान् राई,
२९.ताप्लेजुङको मिक्वाखोला–१ का २५ वर्षीय विशाल लिम्बू, ३०.ताप्लेजुङको फक्तालुङ गाउँपालिका–२ का २५ वर्षीय संगम आङदम्बे,
३१.भोजपुरको पौवादुङ्मा–४ का २४ वर्षीया अनुष्का राई, ३२.ताप्लेजुङका २५ वर्षीय हेतु साउदेन,
३३.इलामको देउमाई नगरपालिका–७ का ३६ वर्षीय मौसम भन्ने जितमान राई,
३४. इलाम देउमाई नगरपालिकाका अविनाश भन्ने ४५ वर्षिय डम्बर मगर
३५.देउमाई नगरपालिका मिक्लाजुङ–८ का ४५ वर्षीय महावीर भन्ने जितेन्द्र महरा र अन्य सातजना विरुद्ध मुद्दा दर्ता गरिएको हाे। अन्य सातजनाकाे भने थप थप अनुसन्धानकाे लागि नाम गाेप्य राखिएको छ। हत्यापछि चन्द नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको थियो ।

]]>
https://janasahara.com/archives/1780/feed 0